फिलिपिन्समा चामलको मूल्यमा लगाइएको सीमा हटाइयो

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०८०
|
|
४८ पटक हेरिएको
Shares
फिलिपिन्समा चामलको मूल्यमा लगाइएको सीमा हटाइयो

सारांश

  • काठमाडौं ।
  • गरिब परिवारलाई सहयोग गर्न मुख्य खाद्यान्न चामलको मूल्यलाई सीमित गरेको केही सातापछि फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले बुधबार यसको मूल्य सीमा हटाएका छन् ।
  • राष्ट्रपति मार्कोसले सेप्टेम्बरको सुरुमा सामान्य चामलको खुद्रा मूल्य प्रतिकेजी ३१ पेसो (फिलिपिन्सको मुद्रा) र उच्च गुणस्तरको मूल्य प्रतिकेजी ४५ पेसो तोकेका थिए ।

काठमाडौं । गरिब परिवारलाई सहयोग गर्न मुख्य खाद्यान्न चामलको मूल्यलाई सीमित गरेको केही सातापछि फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले बुधबार यसको मूल्य सीमा हटाएका छन् ।

राष्ट्रपति मार्कोसले सेप्टेम्बरको सुरुमा सामान्य चामलको खुद्रा मूल्य प्रतिकेजी ३१ पेसो (फिलिपिन्सको मुद्रा) र उच्च गुणस्तरको मूल्य प्रतिकेजी ४५ पेसो तोकेका थिए ।

यसले बजारलाई विकृत बनाउने र चामलको अभाव सिर्जना हुने भन्दै केही अर्थशास्त्रीहरूले राष्ट्रपतिको उक्त कदमको आलोचना गरेका थिए ।

राष्ट्रपति मार्कोसको आर्थिक समूहकी एक सदस्यले सामाजिक सञ्जालमा उक्त योजनाको खिल्ली उडाएपछि उनलाई बर्खास्त गरिएको थियो ।

“आजदेखि हामीले सामान्य चामल र उच्च गुणस्तरको चामल दुवैका लागि मूल्य सीमा हटाएका छौँ”, छापा मारेर बरामद गरिएको एक हजार बोरा चामल गरिबहरूलाई वितरण समारोहमा उनले भने ।

कृषिमन्त्रीसमेत रहनुभएका राष्ट्रपति मार्कोसले चामलको मूल्यमा लगाइएको सीमा हटाउने यो उपयुक्त समय भएको बताए ।

एक करोड १० लाख जनसङ्ख्या भएको फिलिपिन्सको मुख्य खाद्यान्न चामल हो । तर उसले पर्याप्त चामल उत्पादन गर्न सकेको छैन । फिलिपिन्स विश्वको प्रमुख चामल आयातकर्ता पनि हो ।

गत जुलाईमा मुद्रास्फीति दर चार दशमलव सात प्रतिशत रहेकामा अगस्टमा बढेर पाँच दशमलव तीन प्रतिशत पुगेपछि मार्कोस सरकारले उपभोक्ता मूल्यमा नियन्त्रण गर्न कोसिस गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

११६ कोरोना संक्रमित थपिए, कुल संक्रमित १७ हजार १ सय ७७ पुग्यो
११६ कोरोना संक्रमित थपिए, कुल संक्रमित १७ हजार १ सय ७७ पुग्यो
माओवादी नेता बालकृष्ण ढुंगेल सातदाेबाटाेबाट पक्राउ
माओवादी नेता बालकृष्ण ढुंगेल सातदाेबाटाेबाट पक्राउ
माओवादी छोडेर एमाले प्रवेश गरेकालाई प्रचण्डको किन यस्तो भने ?
खेलाडीलाई प्रतिस्पर्धी बनाउन सरकार लागिपर्ने
खेलाडीलाई प्रतिस्पर्धी बनाउन सरकार लागिपर्ने
सप्तरी अपडेट- कांग्रेसले लियो अग्रता, दोस्रोमा फोरम, राजपाको अग्रता खुम्चियो
सप्तरी अपडेट- कांग्रेसले लियो अग्रता, दोस्रोमा फोरम, राजपाको अग्रता खुम्चियो
चीनमाथि अमेरिकाको ६० अर्ब डलर शुल्क, व्यापारिक युद्ध हुने चिन्ता
चीनमाथि अमेरिकाको ६० अर्ब डलर शुल्क, व्यापारिक युद्ध हुने चिन्ता
गर्भपतनको औषधी खाँदा महिलाको मृत्यु, प्रहरी कार्यालय घेराउ
गर्भपतनको औषधी खाँदा महिलाको मृत्यु, प्रहरी कार्यालय घेराउ
विद्रोही उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने कांग्रेसको चेतावनी
विद्रोही उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने कांग्रेसको चेतावनी
रेणु दाहाल बनिन प्रचण्डको चुनावी कमाण्डर
रेणु दाहाल बनिन प्रचण्डको चुनावी कमाण्डर
नारायणकाजी श्रेष्ठ १५७६ मतान्तरले पछि, बाबुरामकाे मत  ८७९५
नारायणकाजी श्रेष्ठ १५७६ मतान्तरले पछि, बाबुरामकाे मत ८७९५