एसिया प्यासिफिक समिट भोलिदेखि काठमाडौंमा सुरु हुँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १४, २०७५
|
|
५१ पटक हेरिएको
Shares
एसिया प्यासिफिक समिट भोलिदेखि काठमाडौंमा सुरु हुँदै

सारांश

  • काठमाडौं, मंसिर १४ – एसिया प्यासिफिक समिट भोलिदेखि काठमाडौंमा सुरु हुँदैछ ।
  • ४५ देशका विशिष्ट व्यक्तिसहित १ हजार ५ सय जना सहभागी हुने दाबी गरिएको सम्मेलन काठमाडौंमा सुरु हुन लागेको हो ।
  • युनिभर्सल पिस फेडेरेसन नामक धार्मिक गैरसरकारी संस्थाको आयोजना रहेको सम्मेलनमा सहभागी हुन ७ देशका राष्ट्र र सरकार प्रमुख तथा उपप्रमुख, १० जना पूर्वराष्ट्रप्रमुख र सरकार प्रमुख लगायत उपस्थित भएका छन् ।

काठमाडौं, मंसिर १४ – एसिया प्यासिफिक समिट भोलिदेखि काठमाडौंमा सुरु हुँदैछ ।४५ देशका विशिष्ट व्यक्तिसहित १ हजार ५ सय जना सहभागी हुने दाबी गरिएको सम्मेलन काठमाडौंमा सुरु हुन लागेको हो ।

युनिभर्सल पिस फेडेरेसन नामक धार्मिक गैरसरकारी संस्थाको आयोजना रहेको सम्मेलनमा सहभागी हुन ७ देशका राष्ट्र र सरकार प्रमुख तथा उपप्रमुख, १० जना पूर्वराष्ट्रप्रमुख र सरकार प्रमुख लगायत उपस्थित भएका छन् । सम्मेलनका कारण काठमाडौंको सुरक्षा ब्यवस्था कडा पारिएको छ ।

पाहुँनाका सुरक्षाका लागि झण्डै ३ हजार ५ सय सुरक्षाकर्मी खटिएको गृह मन्त्रालयले जनाएको छ । चार घेराको सुरक्षाको नेतृत्व नेपाली सेनाले गर्दैछ । सेनाले नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय गर्नेछ । सुरक्षा व्यवस्था बिमस्टेककै सरह हुने सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताए ।

आउँदो सोमबारसम्म चल्ने सम्मेलनमा राजनीतिक, धार्मिक, शान्ति, विकास, सुशासन र सांसदको भूमिका, अन्तरधार्मिक संगठन र नागरिक समाजको भूमिका, जलवायु परिवर्तन, सञ्चारमाध्यमको भूमिकालगायतका विषयमा छलफल हुने आयोजकले जनाएको छ । गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रम भए पनि सम्मेलनका सहभागीका लागि सरकारले ५५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बरुवा नदीको बाँध फुट्ने खतरापछि गाईघाट बजार जोखिममा
बरुवा नदीको बाँध फुट्ने खतरापछि गाईघाट बजार जोखिममा
सरकार निरंकुशतातर्फ उन्मुख भन्दै शान्ति समाजले गर्यो डा. केसी पक्राउको निन्दा
सरकार निरंकुशतातर्फ उन्मुख भन्दै शान्ति समाजले गर्यो डा. केसी पक्राउको निन्दा
एमाले-माओवादी एकता प्रक्रिया पर धकेलियो
एमाले-माओवादी एकता प्रक्रिया पर धकेलियो
एमसिसी परियोजना निर्धारित समयमै सम्पन्न हुनेमा विश्वस्त छु : सिइओ अल्ब्राइट
एमसिसी परियोजना निर्धारित समयमै सम्पन्न हुनेमा विश्वस्त छु : सिइओ अल्ब्राइट
माधव नेपाल र झलनाथले ओलीमाथि लगाए यस्तो गम्भिर आरोप
माधव नेपाल र झलनाथले ओलीमाथि लगाए यस्तो गम्भिर आरोप
Factors Consequences Of Occupational Conditions Among Japanese people Wives Upon Jstor
सिरियाको गुटामामात्र दुई हप्तामा ३ सय ४६ नागरिक मारिए, ८७८ घाइते
सिरियाको गुटामामात्र दुई हप्तामा ३ सय ४६ नागरिक मारिए, ८७८ घाइते
आफूखुसी ठेक्का दिने परराष्ट्र मन्त्रालयका कर्मचारीलाई कार्वाहीको सिफारिस
आफूखुसी ठेक्का दिने परराष्ट्र मन्त्रालयका कर्मचारीलाई कार्वाहीको सिफारिस
कृत्रिम योनी बनेपछि युवतीले पाइन नयाँ जीवन !
कृत्रिम योनी बनेपछि युवतीले पाइन नयाँ जीवन !
प्रधानमन्त्री दाहालले भने :   छिट्टै सरकारलाई पूर्णता दिन्छौँ
प्रधानमन्त्री दाहालले भने : छिट्टै सरकारलाई पूर्णता दिन्छौँ