यसरी रोकिए शेरबहादुर देउवा प्रधानमन्त्री बन्न

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ३०, २०७८
|
|
२९ पटक हेरिएको
Shares
यसरी रोकिए शेरबहादुर देउवा प्रधानमन्त्री बन्न

सारांश

  • नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नबाट रोकिएका छन् ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय सरकार निर्माणको आव्हान गरे अनुसार देउवाले त्यसको पहल गरेपनि असफल भएका हुन् ।
  • आज साँझ ९ बजेसम्म बहुमतीय सरकार निर्माणका लागि प्रस्ताव लाने समय छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नबाट रोकिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय सरकार निर्माणको आव्हान गरे अनुसार देउवाले त्यसको पहल गरेपनि असफल भएका हुन् ।

आज साँझ ९ बजेसम्म बहुमतीय सरकार निर्माणका लागि प्रस्ताव लाने समय छ । तर, त्यसमा देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव जाने सम्भावनाको ढोका बन्द भएको छ । प्रधानमन्त्री बन्ने पहल गर्दै देउवाले आज दिनभर मुख्य दलका नेताहरुसँग छलफल गरेका थिए ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई मनाउन देउवाले आज पहल गरेका थिए । बुढानिलकण्ठमा बोलाएर छलफल गरेपनि ठाकुरले साथ दिन नसक्ने जवाफ दिए ।

देउवा प्रधानमन्त्री बन्ने सम्भावना नदेखिएपछि प्रचण्डले आजै उनलाई भेटेर सम्भावनाबारे छलफल गरे । विश्वस्त स्रोतका अनुसार विकल्पमा जसपालाई सरकारको नेतृत्व दिने विषय थियो । तर, देउवा त्यसमा तयार नभएको बुझिएको छ । काँग्रेसको रामचन्द्र पौडेल पक्षधर भने महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर जानुपर्ने पक्षमा देखिएको छ ।

नेकपा एमालेको माधवकुमार नेपाल पक्षधर २० सांसदलाई राजीनामा दिन लगाएर अगाडि बढ्ने देउवाको प्रयास पनि सफल भएन । नेपाल पक्षधर २० सांसदको आज राजीनामा आएन । बरु नेपाल ओलीसँग भेटवार्ता गरी सहमति निकाल्न अगाडि बढे ।

देउवा रोकिएपनि अझै बहुमतको सरकार निर्माणको सम्भावना टरेको छैन । विकल्पमा जसपालाई सरकारको नेतृत्व दिने हुनसक्छ । तर, त्यसका लागि देउवा र प्रचण्ड तयार हुनुपर्छ । जसपाको उपेन्द्र यादव र महन्थ ठाकुरबीच पनि सहमति जरुरी छ ।

(https://hippainhelp.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साढे १२ करोड भ्रष्टाचार, १३ जना विरुद्ध मुद्दा दायर
साढे १२ करोड भ्रष्टाचार, १३ जना विरुद्ध मुद्दा दायर
लगानी सम्मेलन अन्तिम चरणमा : ६४ करोडदेखि साढे तीन खर्बका ६६ परियोजना
लगानी सम्मेलन अन्तिम चरणमा : ६४ करोडदेखि साढे तीन खर्बका ६६ परियोजना
रेशम चौधरीलाई थुनामै राख्न आदेश
रेशम चौधरीलाई थुनामै राख्न आदेश
अाज राति ‘तारा पोइल’ जाने !काठमाडाैं बाट देख्न सकिने
अाज राति ‘तारा पोइल’ जाने !काठमाडाैं बाट देख्न सकिने
स्थानीय तहको विकास र विस्तारका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घबीच समझदारी
स्थानीय तहको विकास र विस्तारका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घबीच समझदारी
लुम्बिनीमा ५ हजार अट्ने अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र यस्तो बन्ने
लुम्बिनीमा ५ हजार अट्ने अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र यस्तो बन्ने
कार दुर्घटना हुँदा भट्टराईको मृत्यु
कार दुर्घटना हुँदा भट्टराईको मृत्यु
किन लगाए राजपा नेताले यस्तो  आरोपः उपेन्द्र सरकारसँग पैसा लिएर चुनावमा गएका हुन्…
किन लगाए राजपा नेताले यस्तो आरोपः उपेन्द्र सरकारसँग पैसा लिएर चुनावमा गएका हुन्…
कमेन्ट गर्नेमाथि जाई लागिन् इशा गुप्ता
कमेन्ट गर्नेमाथि जाई लागिन् इशा गुप्ता
भोजपुरमा शेरधन राईमाथि बम प्रहार, सुरक्षा गार्ड घाइते (तस्विरसहित)
भोजपुरमा शेरधन राईमाथि बम प्रहार, सुरक्षा गार्ड घाइते (तस्विरसहित)

तपाईंले छुटाउनुभयो कि?