मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ: सरकार परिवर्तनको कुनै सम्भावना छैन

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १७, २०८१
|
|
६१ पटक हेरिएको
Shares
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ: सरकार परिवर्तनको कुनै सम्भावना छैन

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताएका छन्।
  • सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यममा चर्चा भएजस्तो सरकार परिवर्तनको कुनै सम्भावना नरहेको भन्दै वर्तमान सत्ता समिकरण पुरै अवधि चल्ने बिफ्रिङ गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन्।

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताएका छन्।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यममा चर्चा भएजस्तो सरकार परिवर्तनको कुनै सम्भावना नरहेको भन्दै वर्तमान सत्ता समिकरण पुरै अवधि चल्ने बिफ्रिङ गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन्।

बाहिर चर्चा भएजस्तो सत्ता समिकरणमा असमझदारी भयो भन्ने कुरा असत्य रहेको र सकारात्मक ढंगले छलफल अघि बढिरहेको प्रधानमन्त्रीले बताएको शर्माले बताइन्।

त्यस्तै मन्त्रिपरिषद् बैठकले जापान सरकारबाट मानव संशाधन बिकास, छात्रवृति आयोजनाका लागि प्राप्त हुने करिब ३८ करोड २२ लाख रुपैया बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने धितोपत्रसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको प्रवक्ता शर्माले बताइन्।

बैठकले आर्थिक कार्यविधि एवं वित्तीय उत्तरदायित्व ऐन संशोधन गर्न बनेको विधेयकलाई पनि संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रम तथा रोजगारमा देखिएका समस्या ७ दिनभित्र पेश गर्न मन्त्रीको निर्देशन
श्रम तथा रोजगारमा देखिएका समस्या ७ दिनभित्र पेश गर्न मन्त्रीको निर्देशन
कोरोना भाइरसको डरले बेलायती महारानीले दरवार छोडिन
कोरोना भाइरसको डरले बेलायती महारानीले दरवार छोडिन
निर्माणमा लापरवाही गर्ने दुई ठेकेदार पक्राउ !
निर्माणमा लापरवाही गर्ने दुई ठेकेदार पक्राउ !
त्रिपुरा सुन्दरी गाउँपालिकाको काठमाडौँ ल्होसार कार्यक्रम
त्रिपुरा सुन्दरी गाउँपालिकाको काठमाडौँ ल्होसार कार्यक्रम
प्रेमीसँग मिलेर यसरी बनाइन् आफ्नै पतिलाई मार्ने योजना
प्रेमीसँग मिलेर यसरी बनाइन् आफ्नै पतिलाई मार्ने योजना
माओवादीको निष्कर्ष: सबैतिर अनुपस्थित र असफल भइसकेको ओली सरकार उल्टो दिशातिर हिँडिरहेको छ
माओवादीको निष्कर्ष: सबैतिर अनुपस्थित र असफल भइसकेको ओली सरकार उल्टो दिशातिर हिँडिरहेको छ
प्रभुदेवाकी प्रेमिकाले गरेकि थिइन शाहरुख खानको फिल्म खेल्न अस्वीकार 
प्रभुदेवाकी प्रेमिकाले गरेकि थिइन शाहरुख खानको फिल्म खेल्न अस्वीकार 
नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आह्वान
नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आह्वान
महिला प्रतिनिधित्वको प्रभाव : समानुपातिकबाट २९ पुरुष
महिला प्रतिनिधित्वको प्रभाव : समानुपातिकबाट २९ पुरुष
Contribution-based Social Security Programme within one-and-half months
Contribution-based Social Security Programme within one-and-half months