मृत्युपछि डायलासिसको पालो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १६, २०७७
|
|
३२ पटक हेरिएको
Shares
मृत्युपछि डायलासिसको पालो

सारांश

  • इलाम रोङ गाउँपालिकाका मौसम लिम्बूले आफ्नो डायलासिस गर्न आठ महिना कुर्नुप¥यो।
  • डायलासिस गरिरहेका अर्का बिरामीको १५ दिनअघि मृत्यु भएपछि लिम्बूको पालो आएको हो।
  • ‘धन्न पालो आयो।

इलाम रोङ गाउँपालिकाका मौसम लिम्बूले आफ्नो डायलासिस गर्न आठ महिना कुर्नुप¥यो। डायलासिस गरिरहेका अर्का बिरामीको १५ दिनअघि मृत्यु भएपछि लिम्बूको पालो आएको हो। ‘धन्न पालो आयो। अलिक दिन भए पनि बाँच्ने भएँ’, उनी भन्छन् ।

काठमाडौं जाने खर्च नभएकाले मेची प्रादेशिक अस्पतालमा निःशुल्क उपचार पाउने आसमा अस्पतालकै छेउमा आएर बसेको लिम्बूकी पत्नी धना लिम्बू सुनाउँछिन्। उनीहरू डायलासिस गर्नकै लागि अस्पतालनजिकै कोठा भाडामा लिएर बसेका छन्।

लिम्बू दम्पती मात्र होइन, निःशुल्क डायलासिस गर्न पालो पर्खिने मिर्गौला बिरामी ८० जना छन्। झापा जिल्लाभरिका सरकारी र निजी अस्पताल गरेर दैनिक ६० देखि ६५ जनाले मात्रै डायलासिस सेवा पाउँदै आएका छन्। मिर्गौला रोगीका लागि अत्यावश्यक उपचार भनेको प्रत्यारोपण र नियमित डायलासिस नै हो। आर्थिक स्रोत नहुनेलाई मिर्गौला प्रत्यारोपण निकै महँगो पर्न जान्छ। अर्कोतिर प्रत्यारोपण गराउन पनि सहज नहुँदा नियमित डायलासिसको विकल्प देखिँदैन।

झापाकै बिर्तामोडकी लक्ष्मी नेपालीले ७० वर्षका पतिलाई चार वर्षदेखि डायलासिस गराउँदै आएकी छन्। ‘पैसा नहुनेले डायलासिसको पालो पर्खिंदा पर्खिंदा मर्नुपर्छ’, नेपाली भन्छिन्, ‘टाढा गएर डायलासिस गराउन पालो पाए पनि परिवारको सम्पत्ति नै सखाप हुने रै’छ।’ निःशुल्क डायलासिस सेवामा पालो पाउन मिर्गौलाका बिरामीको प्रत्यारोपण गर्नुप¥यो या मृत्यु नै हुनुपर्ने अवस्था रहेको मेची अस्पतालका सूचना अधिकारी मनोज पोखरेल बताउँछन्। अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?