विद्यालयमै धमाधम पढाई सुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १४, २०७७
|
|
३३ पटक हेरिएको
Shares
विद्यालयमै धमाधम पढाई सुरु

सारांश

  • छ महिनादेखि बन्द रहेका गोरखाका विद्यालयमा धमाधम पठनपाठन सुरु हुन थालेको छ ।
  • कतिपय पालिकाको आग्रहमा, कतिपय विद्यालयकै निर्णयमा पठनपाठन सुचारु हुन थालेको हो ।
  • जिल्लाको ११ वटै पालिकाका ५० प्रतिशत भन्दा धेरै विद्यालयले विद्यार्थी बोलाएरै पढाउन सुरु गरेका शिक्षा विकास तथा समन्वय इकाइका सुवास आचार्यले जानकारी दिए ।

छ महिनादेखि बन्द रहेका गोरखाका विद्यालयमा धमाधम पठनपाठन सुरु हुन थालेको छ । कतिपय पालिकाको आग्रहमा, कतिपय विद्यालयकै निर्णयमा पठनपाठन सुचारु हुन थालेको हो ।जिल्लाको ११ वटै पालिकाका ५० प्रतिशत भन्दा धेरै विद्यालयले विद्यार्थी बोलाएरै पढाउन सुरु गरेका शिक्षा विकास तथा समन्वय इकाइका सुवास आचार्यले जानकारी दिए ।

‘पालुङ्टार र सिरानचोक गाउँपालिकाका विद्यालयमा पढाइ भइरहेको हामीले नै देख्यौँ’, उनले भने, ‘सिकाइ केन्द्र भनेर होस् वा जे जे नाम गरेर भए पनि विद्यालय चलेका छन् ।’ गोरखा नगरपालिकामा भर्ना गर्ने भन्दै र पुस्तक वितरण गर्ने भन्दै विद्यार्थी बोलाएर पढाइ हुने गरेको जानकारी आएको शिक्षा शाखाका धु्रव अर्यालले जानकारी दिए ।

‘हामीले विद्यालयमा विद्यार्थी बोलाएर पठनपाठन सुरु गर्नू भनेका थिएनौँ, तर कतिपय विद्यालयमा विद्यार्थी बोलाएर पठनपाठन सुरु भएको छ भन्ने अनौपचारिक रुपमा जानकारी आएको छ’, अर्यालले भने, ‘लामो समय बन्द भएको विद्यालयलाई सुचारु गर्ने बारे छलफल गर्न मंगलबार नगर शिक्षा समितिको बैठक भयो । विद्यालय सञ्चालन गर्न जिल्ला स्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्रसित अनुमति माग्ने निर्णय भएको छ ।’

पालुङटार नगरपालिकामा गत आइतबारदेखि नै विद्यार्थी बोलाएर पठनपाठन सुरु भएको छ । ‘संघ सरकारले सिकाइ केन्द्र बनाएर पढाउनू भनेको थियो । चौतारामा पढाउनु भन्दा विद्यालयलाई मूल सिकाइ केन्द्र बनाएर पढाउन उपयुक्त हुने देखिएकाले विद्यालयमा नै पढाइ भएको छ’, मेयर दिपकबाबु कँडेलले भने ।

त्यस्तै सिरानचोक गाउँपालिकाले पनि पठनपाठन सुरु गरिसकेको छ । यसलाई बुधबार बैठक गरी अहिलेकै पठनशैलिलाई वैध बनाइने गाउँपालिकाका प्रमुख राजु गुरुङले जानकारी दिए । बारपाक सुलीकोट, धार्चे, आरुघाट, भीमसेनथा, सहिद लखन, गण्डकी लगायतका सबै पालिकामा पठनपाठन सुरु भइसकेको छ । कुनै विद्यालयले गत आइतबारदेखि, कतिपयले मंगलबारदेखि पठनपाठन सुरु गरेको जनाएका छन् ।

‘विद्यालय छ महिनादेखि बन्द छन् । खुलाउने कुनै निश्चित छैन । शिक्षक विद्यार्थी संघ सरकारको निर्देशन कुरेर बस्दाबस्दा हैरान भए’, आरुघाट गाउँपालिकाका प्रमुख पूर्ण दाहाल भन्छन्, ‘त्यसैले संघीय सरकारले भने अनुसारको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै पढाउँदै गर्न थालेका छन् ।’ यो खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंबाट प्रधानमन्त्री भेटेर फर्केका निर्मलाका आमाबाले यसो भने…
काठमाडौंबाट प्रधानमन्त्री भेटेर फर्केका निर्मलाका आमाबाले यसो भने…
Women of all ages For Marriage – Divorce Rates and Attitudes About Gender
बाघको संख्या ३५५ पुगेपछि हलिउड अभिनेताले दिए नेपाललाई बधाई
बाघको संख्या ३५५ पुगेपछि हलिउड अभिनेताले दिए नेपाललाई बधाई
व्यस्तता संगै सिने क्षेत्रमा चर्चा बटुल्दै नायिका कशिस दाहाल (फाेटाेफिचर)
व्यस्तता संगै सिने क्षेत्रमा चर्चा बटुल्दै नायिका कशिस दाहाल (फाेटाेफिचर)
जतिकुटाइ खाएपनी पापालाई कारबाहीहुने कुरा आउँदा मीना यादव भन्छिन्- पापालाई कारबाही नहोस्
जतिकुटाइ खाएपनी पापालाई कारबाहीहुने कुरा आउँदा मीना यादव भन्छिन्- पापालाई कारबाही नहोस्
यस्तो छ काठमाडौं महानगरले ल्याएको नीति तथा कार्यक्रम (पूर्णपाठ)
यस्तो छ काठमाडौं महानगरले ल्याएको नीति तथा कार्यक्रम (पूर्णपाठ)
आज किराँत महागुरु फाल्गुनन्द जयन्ती, राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त
आज किराँत महागुरु फाल्गुनन्द जयन्ती, राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त
कतिले दिए कुथेली बुखरी स्मल हाइड्रोको आईपीओमा आवेदन ?
कतिले दिए कुथेली बुखरी स्मल हाइड्रोको आईपीओमा आवेदन ?
झिना मसिना साइड लगाउँदै जन्मिए अर्को ‘दादा’ (भिडियोसहित)
झिना मसिना साइड लगाउँदै जन्मिए अर्को ‘दादा’ (भिडियोसहित)
बहिस्कारमा परेपछि प्रदेश सरकारसँग गुहार
बहिस्कारमा परेपछि प्रदेश सरकारसँग गुहार

तपाईंले छुटाउनुभयो कि?