यसरी विवाहको पहिलो वार्षिकोत्सव मनाउँदैछन् रणवीर दीपिका

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २८, २०७६
|
|
५३ पटक हेरिएको
Shares
यसरी विवाहको पहिलो वार्षिकोत्सव मनाउँदैछन् रणवीर दीपिका

सारांश

  • एजेन्सी।
  • गतवर्ष १४ नोभेम्बरमा रणवीर सिंह र दीपिका पादुकोण विवाहबन्धनमा बाँधिएका थिए ।
  • दुवैको विवाह निकै भव्य तरिकाले इटलीमा भएको थियो ।

एजेन्सी। गतवर्ष १४ नोभेम्बरमा रणवीर सिंह र दीपिका पादुकोण विवाहबन्धनमा बाँधिएका थिए । दुवैको विवाह निकै भव्य तरिकाले इटलीमा भएको थियो । अब उनीहरुको विवाहको एक वर्ष पुग्न लागेको छ । दीपिका र रणवीरले आफ्नो पहिलो एनिभर्सरी कसरी मनाउँदैछन् भन्ने विषयमा धेरैको चासो छ ।रिपोर्टका अनुसार रणवीर र दीपिका तिरुपति बालाजी जाँदैछन् ।

उनीहरु बालाजी मन्दिर दर्शनको लागि जाँदैछन् । त्यहाँ उनीहरुका परिवार पनि साथमा हुनेछन् । उनीहरु पद्मावती मन्दिर पनि जानेछन् । यो मन्दिर तिरुपति बालाजीको नजिकै छ । त्यपछि उनीहरु अमृतसरको गोल्डेन टेम्पल जानेछन् । मन्दिर दर्शनपछि उनीहरु १५ नोभेम्बरमा मुम्बइ फर्कनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?