क्यानडाका लागि नेपालका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २०, २०८१
|
|
२९ पटक हेरिएको
Shares
क्यानडाका लागि नेपालका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

सारांश

  • काठमाडाैं।
  • क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
  • ओटावामा बुधबार आयोजित विशेष समारोहमा पौड्यालले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

काठमाडाैं। क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा बुधबार आयोजित विशेष समारोहमा पौड्यालले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

ओहोदाको प्रमाणपत्र पेस गरेपछि गभर्नर जनरलसँग भएको शिष्टाचार भेटमा राजदूत पौड्यालले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट उहाँको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै क्यानडाका मित्रवत् जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गर्नुभएको ओटावास्थित नेपाली राजदूतावासले जनाएको छ।

राजदूत पौड्यालले नेपाल र क्यानडाबीचको मैत्रपूर्ण सम्बन्धबारे अवगत गराउँदै लोकतन्त्रको सुदृढीकरण, द्रुत आर्थिक विकासका निम्ति नेपाल सरकारले गरेका प्रयास तथा प्राथमिकताका सम्बन्धमा जानकारी दिए।

उनले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्ने तथा अवरोधरहित रूपमा अतिकम विकसित देशको सूचीबाट स्तरोन्नत हुन भएका प्रयासबारे पनि अवगत गराए।

नेपालको सामाजिक–आर्थिक विकास तथा विषम परिस्थितिमा क्यानडाले अविराम सहयोग गरेकामा कृतज्ञता ज्ञापन गर्दै राजदूत पौड्यालले द्विपक्षीय व्यापार, पर्यटन, लगानी, प्रविधि हस्तान्तरण, दुवै देशका जनताबीचको सम्बन्ध विस्तार तथा दुवै पक्षलाई लाभदायक हुने आर्थिक साझेदारी अभिवृद्धि गनै क्यानडा सरकार तथा निजी क्षेत्रसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू प्रतिबद्ध रहेको बताए।

दूतावासका अनुसार गभर्नर जनरल सिमनले नेपालको नेतृत्वप्रति शुभेच्छा प्रकट गर्दै क्यानडा र नेपालबीचको सम्बन्ध सुमधुर रहेकामा प्रशन्नता व्यक्त गरे।

साथै उनले पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउन क्यानडा सरकारबाट पूर्ण सहयोग हुने बताए।

त्यस अवसरमा क्यानडा सरकारका उच्च पदस्थ अधिकारीका साथै उक्त दूतावासका कर्मचारीको उपस्थिति थियो। रासस

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    flooring

    hiI like your writing so much share we be in contact more approximately your article on AOL I need a specialist in this area to resolve my problem Maybe that is you Looking ahead to see you

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्ततः बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न तयार
अन्ततः बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न तयार
विराटनगरस्थित भारतीय राजदुतावासको सम्पर्क कार्यलयले बन्द नभइ कार्यक्षेत्र झनै विस्तार गर्दै
विराटनगरस्थित भारतीय राजदुतावासको सम्पर्क कार्यलयले बन्द नभइ कार्यक्षेत्र झनै विस्तार गर्दै
‘डकुमेन्ट’ नक्कली बनाएर नेपाली चेलीलाई कुवेतमा बिक्री गरेपछि…
‘डकुमेन्ट’ नक्कली बनाएर नेपाली चेलीलाई कुवेतमा बिक्री गरेपछि…
भारी मतान्तरसहित रसुवाबाट मोहन आचार्यको शानदार जित
भारी मतान्तरसहित रसुवाबाट मोहन आचार्यको शानदार जित
उदयपुरगढीको हाडेबास कृषि फार्ममा आगलागी
उदयपुरगढीको हाडेबास कृषि फार्ममा आगलागी
स्थानीय निर्वाचनमा सघाउन मोर्चालाई सरकारको आग्रह…
स्थानीय निर्वाचनमा सघाउन मोर्चालाई सरकारको आग्रह…
सरकारविरुद्ध कांग्रेससहितका विपक्षीको मोर्चाबन्दी
सरकारविरुद्ध कांग्रेससहितका विपक्षीको मोर्चाबन्दी
चौध हजार विदेशीलाई नेपालमा रोजगारी, चिनियाँ कामदार धेरै
चौध हजार विदेशीलाई नेपालमा रोजगारी, चिनियाँ कामदार धेरै
सुनको मूल्य बढ्याे
सुनको मूल्य बढ्याे
एमाले मेयर उम्मेदवारको घरमा बम,  कसले र किन राख्यो भन्ने विषयमा केही खुलेको छैन
एमाले मेयर उम्मेदवारको घरमा बम, कसले र किन राख्यो भन्ने विषयमा केही खुलेको छैन

तपाईंले छुटाउनुभयो कि?