राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३१, २०८१
|
|
३६ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता

सारांश

  • काठमाडौं।
  • राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच स्वीट्जरल्याण्डको बर्नमा आज भेटवार्ता भएको छ।
  • स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ को उद्घाटन सत्रमा मुख्य वक्ताका रुपमा सहभागी हुन गएका राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता भएको हो।

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच स्वीट्जरल्याण्डको बर्नमा आज भेटवार्ता भएको छ। स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ को उद्घाटन सत्रमा मुख्य वक्ताका रुपमा सहभागी हुन गएका राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता भएको हो।

त्यसअवसरमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक प्रणाली र राजनीतिक अधिकार सुनिश्चित भएपछि नेपालको आवश्यकता र प्राथमिकता आर्थिक समृद्धि हासिल गर्नु रहेको र लोकतन्त्रलाई दिगो बनाउन आर्थिक विकास अपरिहार्य रहेको बताउनुभएको राष्ट्रपति पौडेलको निजी सचिवालयले जनाएको छ। ‘सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन प्रयत्नशील छ, यसलाई सतत्, दिगो तथा अपरिवर्तनीय बनाउन आवश्यक छ । यस ऐतिहासिक विकास लक्ष्य हासिल गर्न हामीलाई धेरै स्रोतसाधन, प्रविधि, लगानी तथा आार्थिक सहकार्यको आवश्यकता छ’, राष्ट्रपतिको भनाइ उद्धृत गर्दै भ्रमण दलमा सहभागी राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

राष्ट्रपति पौडेलले नेपालको आर्थिक सामाजिक विकासमा सन् १९५० को दशकदेखि स्वीस सरकारले गरेको सहयोगले नेपालीको मन जितेको बताउँदै नेपाल सरकारले स्वीस लगानीकर्तालाई नेपालमा स्वागत गर्न चाहेको र यसका लागि आवश्यक सहजीकरण गर्न प्रतिबद्ध रहेको विश्वास दिलाएको पनि पोखरेलले जानकारी दिए।

स्वीट्जरल्याण्ड शान्ति, लोकतन्त्र, कानुनी राज्य तथा समृद्धिका लागि विश्वमा नै मानक मुलुकका रुपमा रहेको बताउँदै राष्ट्रपति पौडेलले यस देशले अवलम्बन गरेको तटस्थताको नीति नेपालजस्तो असंलग्नताको नीति अंगिकार गरेको मुलुकका लागि अनुकरणीय रहेको पनि बताएका थिए। ‘नेपाल र स्वीट्जरल्याण्डबीच संघीयता, संसदीय लोकतन्त्र, मानवअधिकार, विधिको शासन, तटस्थता आदि साझा मूल्यमान्यता तथा सिद्धान्तहरू रहेको र सहभागीतामूलक लोकतन्त्र, मानवअधिकार, मौलिक अधिकार, लैंगिक समानता, जलवायु परिवर्तनजस्ता धेरै सामाजिक आर्थिक तथा पर्यावरणीय मुद्दामा दुई देशबीच समान धारणा रहेको पनि उल्लेख गर्नुभएको थियो’, पोखरेलले भने।

यसैगरी जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताप्रति नेपालको पूर्ण प्रतिबद्धता रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपालले अत्यन्त न्यून कार्बनउत्सर्जन गरे पनि जलवायु परिवर्तनको नकारात्मक असर ब्यहोरिरहेको बताएका थिए।

त्यसअवसरमा स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डले नेपाललाई आफूहरूले कुन क्षेत्रमा सहयोगको आवश्यकता रहेको हो त्यसमा सहयोग गर्न आफूहरू तयार रहेको बताएकामा राष्ट्रपति पौडेलले नेपालको सामाजिक र आर्थिक रुपान्तरणका लागि कृषि, पर्यटन र जलश्रोतको क्षेत्रमा लगानीका लागि आग्रह गरेका थिए। पौडेलले नेपाल भ्रमणका लागि आमन्त्रण गरेकामा स्वीस राष्ट्रपति एमहर्डले समय मिलाएर उपयुक्त समयमा नेपालको भ्रमण गर्ने विश्वास दिलाएको जनाइएको छ।

उनले नेपालको शान्ति प्रक्रिया र सत्यनिरूपणको विषय आफूहरूको प्राथमिकतामा रहेको पनि जानकारी दिएकी थिइन्। त्यस्तै उनले तेन्जिङ नोर्गे शेर्पाका नातीले आफ्नो गृह नगरमा चीज उत्पादन गर्न सिकिरहेको उल्लेख गर्दै नेपालसँग आफ्नो देश भूगोलमा मात्र नभई संस्कृति र परिकारमा पनि समानता रहेको उल्लेख गरेकी थिइन्।

त्यसैगरी राष्ट्रपति एमहर्डले नेपालको संविधानमा संघीयता र समावेशीकरणको व्यवस्था गरेकोमा उच्च प्रशंसा गरेकी थिइन्। उनले नेपालका विभिन्न आयोजनामा स्वीस सरकारको लगानीले विशेष स्थान पाएको उल्लेख गर्दै दुई देशबीचको विकास साझेदारीले ६० वर्ष पूरा गरिसकेको र यो निरन्तर चलिरहने विश्वास दिलाएको पनि राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६५ अर्ब ४० करोड एनसेल कर प्रकरणमा मन्त्री भन्छन्– एनसेललाई छाड्दिन
६५ अर्ब ४० करोड एनसेल कर प्रकरणमा मन्त्री भन्छन्– एनसेललाई छाड्दिन
मदन भण्डारीकै स्मृति पारेर पार्टी एकताको प्रस्ताव राखेको थिएँ : प्रचण्ड
मदन भण्डारीकै स्मृति पारेर पार्टी एकताको प्रस्ताव राखेको थिएँ : प्रचण्ड
ट्रम्पलाई हराउँदै वाइडन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित
ट्रम्पलाई हराउँदै वाइडन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित
लोकतन्त्रको रक्षाका लागि जीवनभर लड्छु : शशाङ्क कोइराला
लोकतन्त्रको रक्षाका लागि जीवनभर लड्छु : शशाङ्क कोइराला
मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा एकै परिवारका पाँच जनाको निधन
मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा एकै परिवारका पाँच जनाको निधन
हत्या गरिएका असई र जवानको मरणोप्रान्त १ तह पदोन्नती
हत्या गरिएका असई र जवानको मरणोप्रान्त १ तह पदोन्नती
जिल्ला बाहिर जान हुम्लीलाई सास्ती, पहुँचका भरमा हवाई टिकट
जिल्ला बाहिर जान हुम्लीलाई सास्ती, पहुँचका भरमा हवाई टिकट
तिलोत्तमा गोल्डकपको उपाधि रुस्लान थ्रीस्टार क्लवले चुम्यो (हेर्नुहोस् १९ तस्वीरमा)
तिलोत्तमा गोल्डकपको उपाधि रुस्लान थ्रीस्टार क्लवले चुम्यो (हेर्नुहोस् १९ तस्वीरमा)
अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र आयोजना सञ्चालन गर्न दिइने
अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र आयोजना सञ्चालन गर्न दिइने
नेकपाले ६ महानगरमा टुँगो लगायो अध्यक्ष र सचिव (नामसहित)
नेकपाले ६ महानगरमा टुँगो लगायो अध्यक्ष र सचिव (नामसहित)