राष्ट्रपतिलाई अध्यादेश रोक्ने कुनै संवैधानिक अधिकार छैन – देउवा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २४, २०७४
|
११
|
२४ पटक हेरिएको
Shares
राष्ट्रपतिलाई अध्यादेश रोक्ने कुनै संवैधानिक अधिकार छैन – देउवा

सारांश

  • काठमाडौं—प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिलाई अध्यादेश रोक्ने अधिकार नभएको बताएका छन्।
  • मेडिकल शिक्षाको बेथित अन्त्यका लागि संघर्षरत डा.
  • गोविन्द केसी र उनको प्रतिनिधिमण्डलसँग छलफल गर्दै उनले यस्तो बताएका हुन्।

काठमाडौं—प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिलाई अध्यादेश रोक्ने अधिकार नभएको बताएका छन्। मेडिकल शिक्षाको बेथित अन्त्यका लागि संघर्षरत डा.गोविन्द केसी र उनको प्रतिनिधिमण्डलसँग छलफल गर्दै उनले यस्तो बताएका हुन्।

देउवाले राष्ट्रपतिलाई अध्यादेश रोक्ने कुनै संवैधानिक अधिकार नभएको भन्दै आफूले त्यस विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग फेरि कुरा गर्ने बताए। ‘मैले दुई दिन अगाडि राष्ट्रपतिसँग कुरा गरेको थिएँ। फेरि पनि कुरा गर्छु। अध्यादेश रोक्न उहाँलाई संविधानको कुन धाराले अधिकार दिएको हो म सोध्छु’, प्रधानमन्त्रीको भनाइ उदृत गर्दै डा.केसी प्रतिनिधिमण्डलका सदस्य अधिवक्ता ओम अर्यालले नागरिकन्युजसँग भने।

‘मैले दुई दिन अगाडि राष्ट्रपतिसँग कुरा गरेको थिएँ। फेरि पनि कुरा गर्छु। अध्यादेश रोक्न उहाँलाई संविधानको कुन धाराले अधिकार दिएको हो म सोध्छु’, प्रधानमन्त्रीको भनाइ उदृत गर्दै डा.केसी प्रतिनिधिमण्डलका सदस्य अधिवक्ता ओम अर्यालले नागरिकन्युजसँग भने।

चिकित्सा शिक्षा विधेयक पारित गर्न माओवादी र एमालेले अवरोध गरेपछि देउवा सरकारले अध्यादेशको प्रक्रिया अघि बढाएको थियो। सरकारले अध्यादेश जारीका लागि राष्ट्रपति समक्ष पठाए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई प्रमाणीकरण नगरी अटेर गरिरहेकी छिन्।

केही दिन डा.गोविन्द केसीले अध्यादेश प्रमाणिकरण लगायतका विषयमा माग राखेर अनसनका लागि ७ दिने अल्टिमेटम दिएका थिए। त्यस लगत्तै प्रधानमन्त्री देउवाले आज उनी र उनका सहयोगीलाई छलफलका लागि बोलाएका हुन्।

छलफलका क्रममा प्रधानमन्त्रीले त्रिविले खोसेको आइओएमको अधिकार फिर्ता गर्न र त्रिविको तर्फबाट छुट्टै भ्याकेट दर्ता गर्न पनि निर्देशन दिने बचन दिएका थिए। प्रधानमन्त्री त्रिविको कुलपति हुन्।

शिक्षामन्त्री बर्खास्त गर्ने चेतावनी

प्रधानमन्त्री शेरबहादुर देउवाले डा.गोविन्द केसी फेरि अनसन बस्नुपर्ने अवस्था आए शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पदमुक्त गर्ने चेतावनी दिएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा डा.केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटघाट गर्दै उनले टेलिफोनमार्फत शिक्षामन्त्रीलाई त्यस्तो चेतावनी दिएका हुन्।

‘कि काठमाडौं नेशनल मेडिकल कलेजससम्बन्धी मेडिकल काउन्सिललाई पठाएको पत्र फिर्ता गर्नुहोस्। फेरि डा.केसी अनसन बसे म तपाइँलाई बर्खास्त गर्नेर्छु’, डा.केसीको प्रतिनिधिमण्डका एक सदस्य डा.अभिषेकराज सिंहले प्रधानमन्त्रीको भनाइ उदृत गर्दै भने।

नगरिका न्युज मा खबर छ  !

प्रतिक्रिया

11 कमेन्ट

    Comment Author

    Lalbahadur Budha

    कटुवा

    Comment Author

    Ambar Rai

    साले चाेर

    Comment Author

    Yukta Bahadur Subedi

    Yo dakalae pani Chunab Sanga Releted bahek Aaru Bidek Lyaune Aadikar XEna ‘

    Comment Author

    Prem Prasad Sharma Acharya

    अरुलाई अधिनायकबाद भन्छन , रुन पाईन्न भन्छन , यिनकाे कार्य शैली के वाद भित्र पर्छ ?

    Comment Author

    Paudel Rajib

    Arru k k xahinani…????

    Comment Author

    Hari Paudel

    Chup tota

    Comment Author

    Rammani Dhungana

    Sere chor des xod

      Comment Author

      Bimarsha Newpane

    Comment Author

    पृथ्वी कुमार श्रेष्ठ

    सिकाको कांग्रेसले होनि

    Comment Author

    Mamata Ko Milan

    TIMILAI THAHA X RA

    Comment Author

    Garesh Thapa

    hera sera bhadur

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 11
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?