क्यानले गर्यो एसियाली खेलकुदका लागि पुरुष क्रिकेट टोलीको घोषणा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १२, २०८०
|
|
१६ पटक हेरिएको
Shares
क्यानले गर्यो एसियाली खेलकुदका लागि पुरुष क्रिकेट टोलीको घोषणा

सारांश

  • काठमाडौँ ।
  • नेपाल क्रिकेट संघ (क्यान) ले चीनको हाङ्झोउमा आयोजना १९औं एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा गरेको छ ।
  • क्यानले एसियाली खेलकुदमा प्रतिनिधित्व गराउन १५ सदस्यीय टोलीको नाम राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पठाएको जनाएको छ ।

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले चीनको हाङ्झोउमा आयोजना १९औं एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा गरेको छ ।

क्यानले एसियाली खेलकुदमा प्रतिनिधित्व गराउन १५ सदस्यीय टोलीको नाम राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पठाएको जनाएको छ ।

टिममा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललित राजवंशी, विवेककुमार यादव, प्रतिश जीसी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी रहेका छन् ।

तीनजना खेलाडीले लामो समयपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । विनोद भण्डारी, अभिनाष बोहरा र विवेक यादवले लामो समयपछि टोलीमा स्थान पाएका हुन् । आरिफ शेख, ज्ञानेन्द्र मल्ल र भीम सार्कीलाई भने टोलीमा समावेश गरिएको छैन ।

एसियाली खेलकुदको १९औं संस्करण आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म चीनको हाङ्झोउमा आयोजना हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?