गण्डकीमा पून पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री नियुक्त

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २९, २०७८
|
|
२१ पटक हेरिएको
Shares
गण्डकीमा पून पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री नियुक्त

सारांश

  • गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् ।
  • प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दावी पेश गरेका नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको दावी नपुग्ने भन्दै प्रदेश प्रमुख सीता पौडेलले अल्पमतको मुख्यमन्त्रीको रुपमा गुरुङलाई नियुक्त गरेकी हुन् ।
  • प्रदेशसभामा कुनै दलको एकल बहुमत नभएमा र दुई वा दुई भन्दा बढी दल मिलेर पनि बहुमत जुटाउन नसकेमा संविधानको धारा १६८(३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् ।

प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दावी पेश गरेका नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको दावी नपुग्ने भन्दै प्रदेश प्रमुख सीता पौडेलले अल्पमतको मुख्यमन्त्रीको रुपमा गुरुङलाई नियुक्त गरेकी हुन् ।

प्रदेशसभामा कुनै दलको एकल बहुमत नभएमा र दुई वा दुई भन्दा बढी दल मिलेर पनि बहुमत जुटाउन नसकेमा संविधानको धारा १६८(३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

बुधबार राष्ट्रिय जनमोर्चाका सांसदहरु कृष्णबहादुर थापा र खिमबिक्रम शाहीले आफूहरु कुनै गठबन्धनमा नरहेको र तटस्थ रहेको भनी विज्ञप्ति जारी गरेपछि प्रदेश प्रमुखको कार्यालयले कांग्रेस सांसद कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्रीमा दावी नपुग्ने निश्कर्ष निकालेको हो ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले गुरुङलाई मुख्यमन्त्री नियुक्ति गर्ने प्रक्रिया अघि बढेको पुष्टि गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस संसदीय दलको निर्वाचन : को–कसको पक्षमा ?नाम लिस्ट सहित
कांग्रेस संसदीय दलको निर्वाचन : को–कसको पक्षमा ?नाम लिस्ट सहित
विमलेन्द्र निधि र छवि जोशीले गरे रेष्टुरेन्ट उद्घाटन (हेर्नुहोस् १६ तस्बिरमा)
विमलेन्द्र निधि र छवि जोशीले गरे रेष्टुरेन्ट उद्घाटन (हेर्नुहोस् १६ तस्बिरमा)
Mom-to-be Sania Mirza flaunts her baby bump on the cover of this fashion magazine, see pics
Mom-to-be Sania Mirza flaunts her baby bump on the cover of this fashion magazine, see pics
एम्बाप्पे रियल मड्रिड आउने हल्लालाई जिदानले अस्वीकार गरे
एम्बाप्पे रियल मड्रिड आउने हल्लालाई जिदानले अस्वीकार गरे
गर्भ भाडामा लगाउने नेपाली युवतीहरुको संख्या बढ्यो ! कति पाउछन् गर्भ भाडामा लगाउँदा ?
गर्भ भाडामा लगाउने नेपाली युवतीहरुको संख्या बढ्यो ! कति पाउछन् गर्भ भाडामा लगाउँदा ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा
छुरा प्रहार गरी हत्या गरेको आरोपमा  ५ जना पक्राउ
छुरा प्रहार गरी हत्या गरेको आरोपमा ५ जना पक्राउ
एकतापछिको एकीकृत पार्टीमा १० तहका कमिटी बन्ने
एकतापछिको एकीकृत पार्टीमा १० तहका कमिटी बन्ने
संघीयताविरुद्ध राष्ट्रिय अभियानको अध्यक्षमा चित्रबहादुर केसी, प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिइने
संविधानले दिएकाे अधिकारबाटै बालबालिका बञ्चित !
संविधानले दिएकाे अधिकारबाटै बालबालिका बञ्चित !

तपाईंले छुटाउनुभयो कि?