इलामलाई पहिलो सफा शहर बनाउन अभियान शुरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २६, २०७४
|
|
३७ पटक हेरिएको
Shares
इलामलाई पहिलो सफा शहर बनाउन अभियान शुरु

सारांश

  • मंगलबारे, इलाम,: गत वर्ष सरसफाइमा देशकै दोस्रो सफा शहर बनेको इलामलाई अब पहिलो सफा शहर बनाउन पहल थालिएको छ ।
  • नेवा पुच भाषा संस्कृति समाज इलामले यहाँका विभिन्न स्थानको सरसफाइ अभियान शुरु गर्दै पहिलो सफा शहर बनाउने उद्घोष गरेको छ ।
  • प्लास्टिकजन्य उत्पादित फोहरलाई निश्चित स्थानमा विसर्जन गर्न तथा इलामको हरेक स्थान फोहरमुक्त बनाउन अभियान थालेको समाजका केदार श्रेष्ठले जानकारी दिनुभयो ।

मंगलबारे, इलाम,: गत वर्ष सरसफाइमा देशकै दोस्रो सफा शहर बनेको इलामलाई अब पहिलो सफा शहर बनाउन पहल थालिएको छ ।

नेवा पुच भाषा संस्कृति समाज इलामले यहाँका विभिन्न स्थानको सरसफाइ अभियान शुरु गर्दै पहिलो सफा शहर बनाउने उद्घोष गरेको छ ।
प्लास्टिकजन्य उत्पादित फोहरलाई निश्चित स्थानमा विसर्जन गर्न तथा इलामको हरेक स्थान फोहरमुक्त बनाउन अभियान थालेको समाजका केदार श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रमअन्तर्गत मेची राजमार्गबाट इलामबजार छुट्टिने जिरो पोइन्ट, तिल्केनीमोड, सिंहवाहिनीमोडमा रहेका फोहरलाई व्यवस्थापन गरिएको समाजका किशोर श्रेष्ठले बताउनुभयो । आगामी दिनमा इलाम सदरमुकामका हरेक क्षेत्रमा समाज पुगेर त्यहाँका स्थानीयवासीसँगै हातेमालो गरी अभियानलाई निरन्तरता दिइने समाजले लक्ष्य राखेको छ ।

शिक्षासेवीसहित ज्येष्ठ सदस्यलाई सम्मान

इलामका समाजसेवी तथा शिक्षासेवी ठाकुरप्रसाद शिवाकोटीलाई सम्मान गरिएको छ ।
छिमेकी बचत तथा ऋण सहकारी संस्थाको नवौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनका क्रममा शनिबार शिवाकोटीलाई सम्मान गरिएको हो ।
शिवाकोटीसँगै संस्थाका ज्येष्ठ सदस्यका रुपमा गंगाप्रसाद गौतम, बुद्धिप्रसाद गौतम र नेत्रप्रसाद कडरियालाई सम्मान गरिएको हो । उहाँहरुलाई दोसल्ला, खादासहित सम्मानपत्र प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट बचतकर्ता, ऋणीलाई समेत सम्मान गरिएको बताइएको छ ।
–––

(conversionwise.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं महानगरको २२ वटा वडाको मतगणना सम्पन्नः कांग्रेस १४, एमाले ८ वटामा विजयी
काठमाडौं महानगरको २२ वटा वडाको मतगणना सम्पन्नः कांग्रेस १४, एमाले ८ वटामा विजयी
नेताबाटै शसस्त्र प्रहरीको दुरुपयोग, कुन नेतासँग कति जना छन् प्रहरी ?
नेताबाटै शसस्त्र प्रहरीको दुरुपयोग, कुन नेतासँग कति जना छन् प्रहरी ?
अलास्का प्रायद्वीपमा ७.२ म्याग्नीच्यूडको भूकम्प
अलास्का प्रायद्वीपमा ७.२ म्याग्नीच्यूडको भूकम्प
वेस्ट ह्यामसँग आर्सनल २-० ले पराजित
वेस्ट ह्यामसँग आर्सनल २-० ले पराजित
एमाले दृष्टिकोण भएको पार्टी हो : अध्यक्ष ओली
एमाले दृष्टिकोण भएको पार्टी हो : अध्यक्ष ओली
भैरहवा विमानस्थलमा व्यावसायिक उडानको निरन्तरता चुनौतीपूर्ण : मन्त्री किराती
भैरहवा विमानस्थलमा व्यावसायिक उडानको निरन्तरता चुनौतीपूर्ण : मन्त्री किराती
ट्रकमा बोलेरो ठोक्किँदा एकको मृत्यु
कास्की क्षेत्र नम्बर १ को पछिल्लो परिणाम : एमालेका खगराज अधिकारीको अग्रता कायमै
कास्की क्षेत्र नम्बर १ को पछिल्लो परिणाम : एमालेका खगराज अधिकारीको अग्रता कायमै
​जनप्रदर्शनमा सहभागी हुन एमाले लगायत ११ राजनीतिक दलको आह्वान !!! आज बृहत् मोटरसाइकल -याली निकालियो…
​जनप्रदर्शनमा सहभागी हुन एमाले लगायत ११ राजनीतिक दलको आह्वान !!! आज बृहत् मोटरसाइकल -याली निकालियो…
साफ यु २०: बंगलादेश र भारत फाइनलमा, नेपाल बाहिरियो
साफ यु २०: बंगलादेश र भारत फाइनलमा, नेपाल बाहिरियो