बोर्डमा एक र जाँच समितिमा तीन सदस्य मनोनीत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २१, २०७९
|
|
४८ पटक हेरिएको
Shares
बोर्डमा एक र जाँच समितिमा तीन सदस्य मनोनीत

सारांश

  • काठमाडौँ ।
  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको सदस्यमा निर्देशक तथा अभिनेता राजु केसी र केन्द्रीय चलचित्र जाँच समितिको तीन सदस्यमा निर्देशकद्वय भूपेन्द्र खड्का, ऋषिराज आचार्य र गायिका सरल पुन मगरलाई मनोनयन गरेको छ ।
  • मन्त्रिस्तरीय निर्णयबाट मनोनयन भएसँगै बोर्ड र जाँच समितिमा रिक्त रहेको पदपूर्ति भएको छ ।

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको सदस्यमा निर्देशक तथा अभिनेता राजु केसी र केन्द्रीय चलचित्र जाँच समितिको तीन सदस्यमा निर्देशकद्वय भूपेन्द्र खड्का, ऋषिराज आचार्य र गायिका सरल पुन मगरलाई मनोनयन गरेको छ ।

मन्त्रिस्तरीय निर्णयबाट मनोनयन भएसँगै बोर्ड र जाँच समितिमा रिक्त रहेको पदपूर्ति भएको छ । बोर्ड सदस्यमा नियुक्त भएपछि निर्देशक केसीले आफ्नो अनुभवलाई पूर्ण उपयोग गर्ने बताए । ‘प्रेमपूजा’बाट अभिनय सुरु गर्नुभएका केसीले ‘धर्ती’ मार्फत निर्देशनको सुरुआत गरेका थिए । उनी अहिले ‘जाड’ नामक चलचित्रको निर्देशनमा व्यस्त छन् । केसी अगाडि निर्देशक केएल बुढाथोकी र सञ्चारकर्मी रवि अधिकारी पनि बोर्ड सदस्यमा नियुक्त भएका थिए ।

यस्तै, निर्देशक आचार्यले आफूले पाएको जिम्मेवारीलाई पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताए । “जाँचमा देखिएको र सुनिएको समस्या समाधान गर्नेतर्फ लाग्नेछु । चलचित्र निर्देशक रहेकाले काँटछाँटका विषयमा सुनिने गुनासो कम गर्नेछु”, निर्देशक आचार्यले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आमाको किरिया नगरेको भन्दै महोत्तरीमा एक परिवारलाई सामाजिक बहिष्कार
आमाको किरिया नगरेको भन्दै महोत्तरीमा एक परिवारलाई सामाजिक बहिष्कार
सरकारले देश विकास गर्ने सङ्कल्प गरेको छ , त्यो पूरा गर्छ’   सूचनासञ्चार तथा  प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा.
सरकारले देश विकास गर्ने सङ्कल्प गरेको छ , त्यो पूरा गर्छ’ सूचनासञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा.
काठमाडौ प्रदेश सभा का उमेदवार कार्की ले गरे राज्य बाट लिने सुबिधा जनता लाई लाई दिने प्रतिबद्धता
काठमाडौ प्रदेश सभा का उमेदवार कार्की ले गरे राज्य बाट लिने सुबिधा जनता लाई लाई दिने प्रतिबद्धता
अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न माग
अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न माग
यस्तो छ प्रधानमन्त्रीले डाक्टरसँग गरेको ४ सहमति
यस्तो छ प्रधानमन्त्रीले डाक्टरसँग गरेको ४ सहमति
दोस्रो चरणको चुनाव आज, प्रत्यक्षतर्फ ४ हजार बढी उम्मेदवार प्रतिस्पर्धामा
दोस्रो चरणको चुनाव आज, प्रत्यक्षतर्फ ४ हजार बढी उम्मेदवार प्रतिस्पर्धामा
बली दिन दुई जना सालीलाई भारत लैजान खोज्ने भिनाजु पक्राउ
बली दिन दुई जना सालीलाई भारत लैजान खोज्ने भिनाजु पक्राउ
काठमाडौं ३ मा एमालेका राई विजयी !
काठमाडौं ३ मा एमालेका राई विजयी !
बागमती प्रदेशसभाको सभामुख र उपसभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदै
बागमती प्रदेशसभाको सभामुख र उपसभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदै
आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋणः प्रधानमन्त्री
आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋणः प्रधानमन्त्री