दशैमा टीका लगाइदिँदा भनिने श्लोकको अर्थ र विशेषता के हो तपाइलाई थाहा छ ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ६, २०७९
|
|
४६ पटक हेरिएको
Shares
दशैमा टीका लगाइदिँदा भनिने श्लोकको अर्थ र विशेषता के हो तपाइलाई थाहा छ ?

सारांश

  • दशैँको विशेषतामा टीका र जमरासँगै मान्यजनले दिने आशीर्वाद पनि पर्छ।
  • बोलीचालीको भाषामा बाहेक संस्कृतमा लेखिएका श्लोक वाचन गरी आशीर्वाद दिने चलन रहेको छ।
  • आयु, आरोग्य, ऐश्वर्य र ज्ञान आदि लौकिक जीवनमा अत्यावश्यक विषयलाई आशीर्वादले समेट्छ।

दशैँको विशेषतामा टीका र जमरासँगै मान्यजनले दिने आशीर्वाद पनि पर्छ। बोलीचालीको भाषामा बाहेक संस्कृतमा लेखिएका श्लोक वाचन गरी आशीर्वाद दिने चलन रहेको छ।

आयु, आरोग्य, ऐश्वर्य र ज्ञान आदि लौकिक जीवनमा अत्यावश्यक विषयलाई आशीर्वादले समेट्छ। त्यसका लागि विभिन्न देवीदेवता तथा पौराणिक पात्रहरूको जस्तै गुण होओस् भन्ने कामना गरिन्छ।

परापूर्वकालदेखि धार्मिक कार्यमा देवभाषा पनि भनिने संस्कृत भाषाको प्रयोग भएकाले दशैँमा आशीर्वाद दिँदा पनि त्यसैले निरन्तरता पाएको विद्वान्‌हरूको धारणा रहेको छ। महिला र पुरुषलाई भिन्नभिन्न श्लोक प्रयोग गर्ने गरिएको पाइन्छ। केही आशीर्वचनहरू दुवैलाई दिइन्छ।

आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे

ऐश्वर्यं नहुषे गतिश्च पवने मानश्च दुर्योधने।

शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते

विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।।

दशैँमा मात्र प्रयोग भएको सुनिने यो श्लोकको स्रोत के हो स्पष्ट छैन। नेपाल प्रज्ञा प्रतिष्ठानको सामाजिक शास्त्र विभागका प्रमुख तथा इतिहासकार प्राध्यापक दिनेशराज पन्तका अनुसार यो श्लोक विशेष गरेर पुरुषलाई टीका लगाइदिँदा प्रयोग हुन्छ।

‘यो हाम्रो प्राचीन परम्परादेखि नै चलेर आएको श्लोक हो, उनी भन्छन्। समान संस्कृति भएको भारतमा अलि भिन्न रूपमा नवरात्रि र विजयादशमी मनाइन्छ। तर नेपालको जस्तो टीका लगाउने चलन त्यहाँ छैन। झन् यो श्लोक त त्यहाँ खासै प्रचलनमा भएको देखिँदैन।

नेपालमा प्रचलित भएको र कुनै शास्त्र वा काव्यकृतिमा नभेटिएकाले केही विद्वान्‌हरू यसमा प्रयुक्त पौराणिक पात्रको चयनका आधारमा यो श्लोक कुनै कविले राजपुत्र वा अन्य विशिष्ट व्यक्तिलाई आशीर्वाद दिन नेपालमै रचेको अनुमान गरेका छन्।

तर पन्त सबै प्राचीन कृतिको अध्ययन तथा अनुगमन गरिनसकी यसै हो भनेर निष्कर्ष निकाल्न नसकिने धारणा राख्छन्। बिबिसीबाट साभार

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म विश्वकप पछि अन्तर्राष्ट्रिय खेल खेल्दिन :  युवराज सिंह
म विश्वकप पछि अन्तर्राष्ट्रिय खेल खेल्दिन : युवराज सिंह
सानेपा हत्याकाण्डः मुनामाथि जाइलाग्दा कुकुर आक्रामक
सानेपा हत्याकाण्डः मुनामाथि जाइलाग्दा कुकुर आक्रामक
‘५ वर्षसम्म कुनै कर नलिने’
‘प्रधानमन्त्री ओलीले पदत्याग र प्रायश्चित गर्नु उपयुक्त हुन्छ : डा. बाबुराम भट्टराई
‘प्रधानमन्त्री ओलीले पदत्याग र प्रायश्चित गर्नु उपयुक्त हुन्छ : डा. बाबुराम भट्टराई
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन मुश्किल भएपछि नयाँ सहमतिको गृहकार्य
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन मुश्किल भएपछि नयाँ सहमतिको गृहकार्य
पाँच महिनामा यी हुन् सरकारले शुरु गरेका राम्रा काम
पाँच महिनामा यी हुन् सरकारले शुरु गरेका राम्रा काम
दुई सय वर्ष पुरानो पौवाघरमा साँस्कृतिक सङ्ग्रहालय !
दुई सय वर्ष पुरानो पौवाघरमा साँस्कृतिक सङ्ग्रहालय !
आध्यात्मिक ज्ञानलाई विज्ञानसँग जोड्नु पर्छ: उपराष्ट्रपति
आध्यात्मिक ज्ञानलाई विज्ञानसँग जोड्नु पर्छ: उपराष्ट्रपति
एमालेको नेपाल पक्ष राजीनामाबाट किन पछि हट्यो ?
एमालेको नेपाल पक्ष राजीनामाबाट किन पछि हट्यो ?
श्रीस्वस्थानी व्रत सुरु, एक महिनासम्म कथा वाचन गर्ने सुनाउने प्रचलन
श्रीस्वस्थानी व्रत सुरु, एक महिनासम्म कथा वाचन गर्ने सुनाउने प्रचलन