ग्वार्कोबाट हराएको गाडी गोंगबुमा भेटिएपछि…
सारांश
- काठमाडौं ।
- काठमाडौंमा चोरिएको एउटा गाडी प्रहरीले फेला पारेको छ ।
- ललितपुर ग्वार्कोबाट हराएको काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कस्थित आकाशेपुल मुनीबाट हराएको गाडी भेटाएको हो ।
काठमाडौं । काठमाडौंमा चोरिएको एउटा गाडी प्रहरीले फेला पारेको छ । ललितपुर ग्वार्कोबाट हराएको काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कस्थित आकाशेपुल मुनीबाट हराएको गाडी भेटाएको हो ।
ललितपुर, महालक्ष्मी नगरपालिका-१४ बस्ने कमल महर्जनलाई चोरी भएको बा।६ च ४४२५ नम्बरको डिआई गाडी सहित प्रहरीले पक्राउ गरेको हो ।
गाडी ललितपुर ग्वार्कोबाट हराएपछि महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा माछापोखरीबाट बिजि मलतर्फ सोही गाडीमा आउँदै गरेका चालक कमललाई गाडी सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया