क्युबा शोकमा, ३५ वर्ष यता कै खराब हवाइ दुर्घटना

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ५, २०७५
|
|
३६ पटक हेरिएको
Shares
क्युबा शोकमा, ३५ वर्ष यता कै खराब हवाइ दुर्घटना

सारांश

  • हवाना, ५ जेठ ।
  • क्युबामा १९८० को दशक यताकै ठूलो विमान दुर्घटना भएको छ ।
  • शुक्रबार दिउसो ल्याटिन अमेरिकी देश क्युबामा १०० भन्दा बढीको मृत्यु हुनेगरी विमान दुर्घटना भएको हो ।

हवाना, ५ जेठ । क्युबामा १९८० को दशक यताकै ठूलो विमान दुर्घटना भएको छ ।

शुक्रबार दिउसो ल्याटिन अमेरिकी देश क्युबामा १०० भन्दा बढीको मृत्यु हुनेगरी विमान दुर्घटना भएको हो ।

राजधानी हवानामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै भएको दुर्घटनामा परी १०१ को घटनास्थल मै मृत्यु भएको छ भने तीनजना घाइते भउका छन् ।
क्युबामा सन् १९८० को दशकयता पहिलो पटक यो ठूलो र दुःखद दुर्घटना भएको छ । यसलाई देशको उड्डयन इतिहासकै सबैभन्दा खराब हवाई दुर्घटना भनिएको छ ।

दुर्घटनामा पर्ने अधिकांश क्युबाका नागरीक र केही मेक्सिकन थिए । चालक दलसहित १०१ जनाको मृत्यु भएको छ भने घाइते तीन जनाको परिचय खुलेको छैन ।

घाइते तीन जनाको अवस्था भने अत्यन्तै गम्भीर छ । जहाज उडेको एकैछिनमा नै खसेको थियो । उडेलगत्तै जहाजको इन्जिनमा समस्या देखिएपछि खसेको र बाँझो जमिनमा परेको थियो ।
क्युबाको राजधानी हवानाको होसे मार्टी विमानस्थलबाट उडेको बोइङ ७३७ मा समस्या देखिएको थियो । समस्या बारे कुनै पनि पूर्व सूचना प्राप्त नभएको उड्डयन अधिकारीहरुले जनाएका छन् ।

जहाज उडेको केही क्षणमा समस्या देखिएको र तत्कालै विमानस्थलभन्दा केही परको बाँझो जमिनमा धस्सिएको थियो । जहाज धस्सिएपछि धुँवाको ठूलो मुस्लो देखिएको र त्यसलगत्तै उद्धारको कार्य सुरु भएको थियो ।

उद्धार कार्यमा तत्कालै स्थानीय वासिन्दा र आपत्कालीन उद्धारकर्मीहरू खटिएका थिए । परिचालित सबै जनाले उद्धारको काम थालेको भए पनि जहाजमा आगो लागेकोले समयमै विमानबाट यात्रुहरुलाई बाहिर निकाल्न नसकिएको अधिकारीहरुले जनाएका छन् ।

क्युबाका उड्डयन अधिकारीहरुले विमानमा १०४ यात्रु रहेको जनाएका छन् । त्यस विमानमा चालक दलका पाँचजना सदस्य सवार रहेको बताएका छन् ।

उक्त जहाज मेक्सिकोको एक विमान कम्पनीबाट भाडामा लिएर क्युबाले चलाउँदै आएको बताइएको छ । यो विमान क्युबाको सरकारी एयरलान्सको जहाज हो ।

हवानाबाट उडेको सो विमान क्युबाको पूर्वी भूभागमा पर्ने ओल्गीन शहरतर्फ जान लागेको थियो ।

क्युबाका उड्डयनमन्त्री र राष्ट्रपतिले दुर्घटनास्थलको भ्रमण गरेका छन्। राष्ट्रपति मिगेल डिआस कनेलले मृतकहरुप्रति श्रद्धान्जलि अर्पण गर्दै उनीहरुका आफन्तजनमा समवेदना व्यक्त गरेका छन् ।

उनले आपत्कालीन उद्धारमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मीलाई चुस्तताका साथ काम गर्न आग्रह उनले ।

उनले ठूलो संख्यामा मानिसहरूले ज्यान गुमाएकोले देश स्तब्ध भएको बताए । सरकार र आफ्नो पार्टीको तर्फबाट उनले समवेदना प्रकट गरेका छन् ।

यस दुर्घटनाका कारण यसमा परेका क्युबाली परिवारका सदस्य मात्र नभएर सिंगो देश नै शोकमा डुबेका समाचारहरु आइरहेका छन् ।

उडेलगत्तै कसरी विमान खस्न पुग्यो भन्ने बारेमा अनुसन्धान थालिएको अधिकारीहरूले बताएका छन् । अधिकारीहरुले घटनास्थलमा अनुसन्धान थालेका छन् ।

निकै लामो समयसम्म उक्त विमानले सेवा दिइरहेको र राम्रो अवस्थामा रहेको विमान के कति कारणले खस्न पुग्यो भन्ने बारेमा चुस्त रुपम अनुसन्धान थालिएको उड्डयन अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाले बोलायो आकस्मिक भेला
रास्वपाले बोलायो आकस्मिक भेला
यसरी भत्कियो गुल्मी मुसिकोट नगरपालिका जोड्ने पुल !!!
यसरी भत्कियो गुल्मी मुसिकोट नगरपालिका जोड्ने पुल !!!
प्रदेश सरकारका लागि खटाइने कर्मचारीको विवरण तयार, मन्त्रालयहरुमा ३५ देखि ९० जनासम्म कर्मचारी रहने
प्रदेश सरकारका लागि खटाइने कर्मचारीको विवरण तयार, मन्त्रालयहरुमा ३५ देखि ९० जनासम्म कर्मचारी रहने
Congratulations! TV actress Jaswir Kaur blessed with a baby girl
Congratulations! TV actress Jaswir Kaur blessed with a baby girl
पोल्ट्री व्यवसायी भन्दछन् : ‘व्यवसाय जोगाउने/समाप्त पार्ने भन्ने राज्यको हातमा छ’
पोल्ट्री व्यवसायी भन्दछन् : ‘व्यवसाय जोगाउने/समाप्त पार्ने भन्ने राज्यको हातमा छ’
कांग्रेस र राजपाको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
कांग्रेस र राजपाको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
सुधारको बाटामा सार्वजनिक यातायात
सुधारको बाटामा सार्वजनिक यातायात
भोदी खेल संरक्षणमा जुटे थारु समुदाय
भोदी खेल संरक्षणमा जुटे थारु समुदाय
एमाले प्रवेशगर्ने चर्चाचलेको नयाँशक्तिका सहसंयोजक रामचन्द्र  माओवादीकेन्द्रमा प्रवेशगर्ने चर्चा ,
एमाले प्रवेशगर्ने चर्चाचलेको नयाँशक्तिका सहसंयोजक रामचन्द्र माओवादीकेन्द्रमा प्रवेशगर्ने चर्चा ,
राजपा नेपाल र फोरम नेपाललाई मिलाउने को हुन सुत्रधार ?
राजपा नेपाल र फोरम नेपाललाई मिलाउने को हुन सुत्रधार ?

तपाईंले छुटाउनुभयो कि?