मलखादको अभाव,किसान चिन्तित

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १९, २०७४
|
|
२७ पटक हेरिएको
Shares
मलखादको अभाव,किसान चिन्तित

सारांश

  • हिउँदे बाली लगाउने समयमा रासायनिक मलखादको अभाव हँुदा सिरहाका किसानहरू चिन्तित बनेका छन् ।
  • धान खेती स्याहार्दै गरेका किसानहरू तोरी, मसुरो दाल, आलु, गहुँलगायत हिउँदेखेती गर्ने तयारीमा रहेका बेला सिरहामा रासायनिक मलखादको आभाव हँुदा किसानहरू चिन्तित बनेका हुन् ।
  • सरकारले कृषि सामग्री कम्पनीमार्फत जिल्लामा आपूर्ति गर्ने मलखाद समयमा उपलब्ध गराउँदै आएकोमा यसपालि समयमा रासायनिक मलखाद नआउँदा जिल्लामा मलखादको अभाव भएको कृषि सामग्री कम्पनी लहानले जनाएको छ ।

हिउँदे बाली लगाउने समयमा रासायनिक मलखादको अभाव हँुदा सिरहाका किसानहरू चिन्तित बनेका छन् ।

धान खेती स्याहार्दै गरेका किसानहरू तोरी, मसुरो दाल, आलु, गहुँलगायत हिउँदेखेती गर्ने तयारीमा रहेका बेला सिरहामा रासायनिक मलखादको आभाव हँुदा किसानहरू चिन्तित बनेका हुन् ।

सरकारले कृषि सामग्री कम्पनीमार्फत जिल्लामा आपूर्ति गर्ने मलखाद समयमा उपलब्ध गराउँदै आएकोमा यसपालि समयमा रासायनिक मलखाद नआउँदा जिल्लामा मलखादको अभाव भएको कृषि सामग्री कम्पनी लहानले जनाएको छ ।

स्टोरमा युरिया र पोटास केही मात्रामा रहे पनि डीएपी मल सकिएको कम्पनीले जनाएको छ ।

रासायनिक मलको अभावमा हिउँदे बाली बिग्रिने हो कि भने चिन्ता बढ्ेको किसानले बताएका छन् । बजारमा गुणस्तरीय मल छैन्, सिरहाको नहरा सिगौलका किसान सत्रुधन यादवले भन्नुभयो, ‘‘कृषि सामग्री कम्पनीमा जाँदा मलखाद आएको छैन, भन्दै फर्काउँदै आएको छ ।”

अन्न भण्डारका रूपमा चिनिने सिरहामा सिँचाइको समस्या त छँदैछ त्यसमाथि मलखादको समेत अभाव हुदाँ खेतीपाती गर्न समस्या भइरहेको किसानको गुनासो छ ।

जिल्लामा मलको अभाव भएपछि किसान भारतबाट गुणस्तरहीन मलखाद ल्याउन बाध्य छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?