गगन थापा ले भने बाबुरामले जित्नु नै कांग्रेसले जित्नु हो
सारांश
- गोरखा, मंसिर ४ –नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले डाक्टर बाबुराम भट्टराइले जित्नु भनेको कांग्रेसले जितेसरह हुने बताउनुभएको छ ।
- राजनीतिक रुपमा भट्टराईसँग थुप्रै असहमति भए पनि राजनीतिज्ञका रुपमा देशलाई भट्टराईजस्ता नेता चाहिने उहाँले बताउनुभयो ।
- कांग्रेससँगको सहकार्यमा भट्टराईले चुनावी प्रतिस्पर्धा गरेको गोरखाको क्षेत्र नम्बर –२, अन्तर्गत भच्चेकमा आयोजित कार्यक्रममा थापाले भन्नुभयो, ‘कांग्रेसले भोट हालेर डाक्टर भट्टराईलाई जिताउदै गर्दा कांग्रेस बलियो हुन्छ, कांग्रेसको विचारले बल प्राप्त गर्छ ।
गोरखा, मंसिर ४ –नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले डाक्टर बाबुराम भट्टराइले जित्नु भनेको कांग्रेसले जितेसरह हुने बताउनुभएको छ । राजनीतिक रुपमा भट्टराईसँग थुप्रै असहमति भए पनि राजनीतिज्ञका रुपमा देशलाई भट्टराईजस्ता नेता चाहिने उहाँले बताउनुभयो ।
कांग्रेससँगको सहकार्यमा भट्टराईले चुनावी प्रतिस्पर्धा गरेको गोरखाको क्षेत्र नम्बर –२, अन्तर्गत भच्चेकमा आयोजित कार्यक्रममा थापाले भन्नुभयो, ‘कांग्रेसले भोट हालेर डाक्टर भट्टराईलाई जिताउदै गर्दा कांग्रेस बलियो हुन्छ, कांग्रेसको विचारले बल प्राप्त गर्छ ।’ भट्टराईको प्रसंशा गर्दै थापाले आफूले संगत गरेका नेताहरुमध्ये उहाँ निकै मन परेको बताउनुभयो । ‘कतिपय विषयमा उहाँसँग असहमति हिजो पनि थिए आज पनि छन् ।’ उहाँले भन्नुभयो, ‘तर नेपाली राजनीतिज्ञका हिसावले म उहाँलाई उच्च सम्मान गर्छु ।’
नेपालको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा भट्टराईसँग घण्टौं कुरा गर्ने गरेको थापाले बताउनुभयो । ‘मैले संगत गरेका नेताहरुमध्ये आम जनताको जीवनस्तर उकास्ने भन्नेदेखि अस्पतालमा बिरामी किन पुग्दैनन् भनेर कोही शीर्ष नेतासँग घण्टौं कुरा गर्न पाएको छु भने डाक्टर भट्टराईसँग गरेको छु’, थापाले भन्नुभयो । नेपालीहरुको जीवन बदल्ने विषयमा भट्टराईले हिजो पनि र आज पनि सोचिरहेको भन्दै कांग्रेस केन्द्रीय सदस्य थापाले त्यसको सबैले प्रसंशा गर्नुपर्ने बताउनुभयो ।
काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवारसमेत रहेका गगन थापाले आउँदो चुनावलाई जनमत संग्रहका रुपमा पनि व्याख्या गर्नुभयो । ‘यो चुनाव सामान्य चुनाव मात्रै होइन, जनमत संग्रह हो’, उहाँले भन्नुभयो । ‘संविधान जोगाउन र संविधान कार्यान्वयन गर्नका लागि र प्रजातन्त्रलाई बचाइराख्ने कि नराख्ने भन्ने विषयमा यो जनमत संग्रह नै हो’, थापाले संविधान कार्यान्वयन र प्रजातन्त्रको रक्षाका लागि कांग्रेस दृढ रहेको बताउनुभयो ।
यसअघि थापाले गोरखाको आरुघाटमा आयोजित सभालाई पनि सम्बोधन गर्नुभएको थियो । सभामा बोल्दै थापाले माओवादी र एमालेको वामगठवन्धनको आलोचना गर्नुभयो ।
Indra Bk
Baburam kangresh ho ra aali aash lagdo netale ta galat nabolda ramro ,kina vane gagan thapa vaneko ,kangresh ma aalik ojan vayako bektito ,aarko partiko supporter le pane support garne Tara aastakhale kuragarna suhaudaina,baburamjasto aafsarbadi sanga lagera khudko chhabi nabigarau
Ramesh Wagle
मुखले गडलङ्का हान्ने काम गर्दैन ।
Mekh Bdr Tamang
तर बाबुरामले जित्दैन र जित्नुपनी हुन्न
Narottam Lal Maskey
Padyhe lyekhye kaa manxya lye j bolye pani hunye?Baabu ram cong ko sampati hoina.Gagan timi jastai sixit ra vijan vayeko samsad aabasyek xa tyesai lye hami baburam matra hoina padye lehye kaa aatilo young puranaa netaa haru ko paxi nalaagny xuttai pahichaan ko netaa ko khojimaa xou ra babu ram lai mahat dinxou.
Tulasi Kc
Thukka vussaha party ko lagi ladni hami karyakarta angalo halni baburam lai thukka jay nepal
Prem Prasad Sharma Acharya
बाबू राम बल्ल नेचर मिल्ने ठाउमा पुगेछन सार्है खुसी लाग्याेे । अाफ्नाे जन्म घरमा पुगे अब नक्कली कम्युनिष्ट बनेर नअाए ।
Yagya Raut
congres le jitnu nai bharat le jitnu ho xutaunu vayo mahoday
Laxmi Dhungel
Baburamlai pangu bnaune kura garden
Krishna Chettri
Haha
Krishna Chettri
Ma jitxu
Him Prasad Pathak
Ho Baburam, Pasupati, Kamal thapa,Bikram r Deepak bohara haru le najite lokyantra khatra ma hun 6.
Govind Maharjan
गगन थापा बहुलायाे।
Pirthibi Gurung
GAGAN G GANGATE BABU RAM LAI SUKEKO RUKHKO HANGA SAMAUNU LAGAUNU BHAYO CHUNAU SAMMA MA TYO HANGA BHACHINCHA TES PACHI CONGRESS BABURAM SANGAI JAMINMA PACHARINCHAp
Puskal Pandeya
गगन काङरेसले मात्र काहो र भारतले नि होला नि
Keshab Thapa
Afno barema sochnus aruko barema kina chaso
सीता त्रिपाठी
खसि,बोका,रागा,भैंसीको मासु र रक्सी ख्वाएर जनता संग भोट माग्ने कम्निष्ट हुन्छ?
Balram Lamichhane
समयकाे बाेली