खण्डित नेकपा, दण्डित भविष्य

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २७, २०७७
|
|
२२ पटक हेरिएको
Shares
खण्डित नेकपा, दण्डित भविष्य

सारांश

  • झगडा गरिरहने ‘यिनीहरू यस्तै हुन्’ भन्दाभन्दै नेकपा प्याट्टै फुट्यो।
  • फुट्छ, फुट्दैन हुँदाहुँदै चिरा–चिरा भयो।
  • कारण कुनै सैद्धान्तिक थिएन।

झगडा गरिरहने ‘यिनीहरू यस्तै हुन्’ भन्दाभन्दै नेकपा प्याट्टै फुट्यो। फुट्छ, फुट्दैन हुँदाहुँदै चिरा–चिरा भयो। कारण कुनै सैद्धान्तिक थिएन। राष्ट्रहित वा जनसरोकारका मुद्दामा विमति थिएन। मतभेद थियो त– कुर्सी र पदको।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई एकीकृत दलको शक्तिशाली अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एउटा तुरुन्तै चाहिएको थियो। वरिष्ठ नेता माधवकुमार नेपाल पनि समकक्षता खोजिरहेका थिए– उधारो होइन, हाताहाती। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली न पार्टीमा एक इन्च तल झर्न चाहन्थे, न सरकार छाड्नै राजी थिए।

संगठित बनेको इतर पक्षका लागि ओलीलाई हटाउन घोक्र्याउनुको विकल्प थिएन। जब त्यो बाटो अपनाउन खोजियो, ओलीले अप्रत्यासित निर्णय लिए– प्रतिनिधिसभा विघटन। केही महिनायता चरक्कै चर्किएको नेकपा त्यही बिन्दुबाट दुई चिरामा विभक्त भयो। त्यसयता दुवै पक्षले एक–अर्कालाई वर्ग दुस्मनको व्यवहार गर्न थालेका छन्। दुवै खेमाले राजनीतिक शक्ति प्रदर्शन एवं गालीगलौजलाई तीव्रता दिएका छन्।

जुन रहरले अहिलेको घटना भयो, के त्यो अब पूरा होला रु ओलीसँग ‘छोडपत्र’ हुनासाथ दाहालले संसदीय दलको नेता बनेर प्रधानमन्त्री हुने रहर आंशिक पूरा गरेका छन्। नेपाल पनि आफ्नो खेमाका अध्यक्ष बनाइएका छन्। झन्डै दुई तिहाइ समर्थनका प्रधानमन्त्री पदको सुरक्षामा अदालतको फैसला कुर्न बाध्य छन्। झगडाले फाइदा कसलाई पु¥यायो रु घाटै मात्र भयो दुवैतिर।

बरु प्रभावशाली नेकपाका अध्यक्षहरू हेर्दाहेर्दै खेमाका अध्यक्ष बने।

कांग्रेसको भाग्योदय
सभापति शेरबहादुर देउवा हरेकजसो भाषणमा भन्दै आएका छन्, ‘कांग्रेस प्रनिनिधिसभा विघटनको विपक्षमा छ। तर, अदालतको स्वायत्ततामा हस्तक्षेप गर्दैन। अदालतले चुनावका पक्षमा फैसला ग¥यो भने हामी हार्दिकतासाथ स्वागत गर्नेछौं। कांग्रेस जनताबीच जान पछि हट्दैन।’

रामचन्द्र पौडेल, गगन थापाजस्ता केही नेता पुनस्स्थापनाका कडा अडानमा छन्। तर, चुनावै भए उनीहरू पनि हौसिएर होमिनेछन्। किनकि, अझै दुई वर्षभन्दा बढी शक्तिहीन प्रतिपक्षी भएर बस्नुभन्दा चुनावी राजनीतिक सरगर्मीमा छिर्नुमा कांग्रेसलाई धेरै फाइदा छ। कम्युनिस्ट फुटेको अवस्थामा चुनाव भयो भने कांग्रेसको आकार पक्कै बढ्नेछ। त्यसो नभएर प्रतिनिधिसभा पुनस्स्थापना भयो भने पनि फाइदा कांग्रेसलाई नै पुग्नेछ। अर्थात्, कम्युनिस्टको झगडा कांग्रेसका लागि भाग्योदय चिट्ठा सावित हुँदै छ। अन्नपूर्णपोस्ट् दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैतडीमा १३५ केन्द्रका मतपेटिका सदरमुकाम ल्याइयो
बैतडीमा १३५ केन्द्रका मतपेटिका सदरमुकाम ल्याइयो
परीक्षा केन्द्र पायक पर्ने ठाउँमा राख्न माग
परीक्षा केन्द्र पायक पर्ने ठाउँमा राख्न माग
भारतीय संसद्मा राखिएको नक्साका बारेमा महत्वपूर्ण छलफल भएको छ : प्रधानमन्त्री दाहाल
भारतीय संसद्मा राखिएको नक्साका बारेमा महत्वपूर्ण छलफल भएको छ : प्रधानमन्त्री दाहाल
कन्चनपुर घटनाका मृतक खुन्ना सहिद घोषित, खुन्ना र निर्मला परिवारलाई १०–१० लाख दिने निर्णय
कन्चनपुर घटनाका मृतक खुन्ना सहिद घोषित, खुन्ना र निर्मला परिवारलाई १०–१० लाख दिने निर्णय
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२: नेपालसँग स्कटल्याण्ड पराजित
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२: नेपालसँग स्कटल्याण्ड पराजित
तीन दलका शीर्ष नेता छलफलमा
तीन दलका शीर्ष नेता छलफलमा
सन् २०२३ मा सामसुङ इलेक्ट्रोनिक्सको सञ्चालन मुनाफामा ८४.९ प्रतिशतले गिरावट
सन् २०२३ मा सामसुङ इलेक्ट्रोनिक्सको सञ्चालन मुनाफामा ८४.९ प्रतिशतले गिरावट
सहकारी मार्फत कृषिको आधुनिकीकरण : प्रम ओली
सहकारी मार्फत कृषिको आधुनिकीकरण : प्रम ओली
संगठन मजबुत बनाउन कार्यकर्तालाई सिंहको निर्देशन
संगठन मजबुत बनाउन कार्यकर्तालाई सिंहको निर्देशन
देशको अर्थतन्त्र सुदृढ छ : परराष्ट्रमन्त्री साउद
देशको अर्थतन्त्र सुदृढ छ : परराष्ट्रमन्त्री साउद

तपाईंले छुटाउनुभयो कि?