शान्तिसुरक्षाको माग गर्दै महिलाहरुले गरे सरकारविरुद्ध प्रदर्शन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
|
१८ पटक हेरिएको
Shares
शान्तिसुरक्षाको माग गर्दै महिलाहरुले गरे सरकारविरुद्ध प्रदर्शन

सारांश

  • काठमाडौं, २२ साउन ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीको भगिनी संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले मुलुकमा शान्ति सुरक्षा कायम गर्न माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
  • संगठनले महिला र बालबालिकामाथि श्रृंखलाबद्ध हत्या, हिंसा र बलात्कार भइरहेको विरोधमा मंगलबार काठमाडौंको माइतीघर मण्डलामा ¥यालीसहित प्रदर्शन गरेको हो ।

काठमाडौं, २२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीको भगिनी संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले मुलुकमा शान्ति सुरक्षा कायम गर्न माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरेको छ । संगठनले महिला र बालबालिकामाथि श्रृंखलाबद्ध हत्या, हिंसा र बलात्कार भइरहेको विरोधमा मंगलबार काठमाडौंको माइतीघर मण्डलामा ¥यालीसहित प्रदर्शन गरेको हो ।

¥यालीपछि माइतीघर मण्डलामा आयोजित कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातान्त्रिक महिला संघका अध्यक्ष कुन्तीकुमारी शाहीले केही समययता श्रृंखलाबद्ध रुपमा महिलामाथि बलत्कार, हत्या र नारी अस्मितामाथि निरन्तर प्रहार भइरहेको बताइन् । उनले दुईतिहाइको सरकार मुकदर्शक भएर बसेकोले आफ्नो संगठन सडकमा आउनुपरेको बताइन् । नारी अस्मितामाथि चर्को प्रहार गर्ने दुर्गा प्रसाईंलाई समेत हालसम्म कारबाही गर्न नसक्ने सरकारलाई उनले ‘लाचार’ को संज्ञा दिइन् । राप्रमसं केन्द्रीय कार्य समितिले सुरु गरेको विरोध प्रदर्शन अब महिलाहरुकै नेतृत्वमा ७७ वटै जिल्लामा सम्पन्न गरिने उनले जानकारी दिइन् ।

सभालाई सम्बोधन गर्दै पार्टीका प्रवक्ता रोशन कार्कीले महिला र बालबालिकामाथि श्रृंखलावद्ध रुपमा भइरहेको हत्या, हिंसा र बलात्कारका घटना तत्काल रोक्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गर्नुपरेकोे बताए । शान्ति सुरक्षा कायम गर्न सरकार पूर्णतः असफल भएको दावी गर्दै उनले गृहमन्त्री थापाको राजीनामा समेत मागे ।

विरोध ¥यालीमा सहभागीहरुले महिलामाथि हुने सबै प्रकारका हिंसा तत्काल अन्त्य गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । बबरमहलबाट सुरु भएको विरोध ¥याली माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो । सहभागीहरुले बलात्कारीलाई कडा कार्वाही नगरिएको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

¥यालीको नेतृत्व संगठनकी अध्यक्ष कुन्तीकुमारी शाहीले गरेकी थिइन् । महिला हिंसाविरुद्धको प्रदर्शनमा पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, विभिन्न भातृ संगठनका पदाधिकारीहरु, पार्टीका महिला नेतृहरु तथा राप्रपासँग आवद्ध उपत्यकाका महिलाहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?