नतिजा नआउँदै किन हतारिएर बधाइ दिए ओलीले मोदीलाई ?
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई लोकसभामा पाएको जितका लागि बधाई दिएका छन् ।
- प्रधानमन्त्री ओलीले ट्वीट गर्दै २०१९ को लोकसभा चुनावको जितका लागि बधाई दिएका हुन् ।
- उनले मोदीको आगामी सफलताका लागि पनि शुभकामना दिएका छन् साथै मोदीसँग निकट रहेर काम गर्न तत्पर रहेको पनि उल्लेख गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई लोकसभामा पाएको जितका लागि बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै २०१९ को लोकसभा चुनावको जितका लागि बधाई दिएका हुन् । उनले मोदीको आगामी सफलताका लागि पनि शुभकामना दिएका छन् साथै मोदीसँग निकट रहेर काम गर्न तत्पर रहेको पनि उल्लेख गरेका छन् ।
भारतमा आज मतगणना जारी छ। निर्वाचन आयोगले अहिलेसम्म अन्तिम परिणाम घोषणा गरिसकेको छैन। प्रारम्भिक नतिजाहरूमा भने सत्तारूढ भाजपा एक्लै बहुमततर्फ अग्रसर छ । प्रधानमन्त्री ओलीले चुनावी परिणाम औपचारिक रूपमा सार्वजनिक नहुँदै मोदीलाई बधाई दिएका हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया