डढेलो प्रभावित क्षेत्र पुगे अमेरिकी राष्ट्रपति

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २, २०७५
|
|
४२ पटक हेरिएको
Shares
डढेलो प्रभावित क्षेत्र पुगे अमेरिकी राष्ट्रपति

सारांश

  • अमेरिकी इतिहासमा अहिलेसम्मकै सबैभन्दा भीषण भनिएको डढेलोले निम्त्याएको विनाशको आंकलन गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प क्यालिफोर्निया पुगेका छन् ।
  • क्याम्प फायर नामक डढेलोका कारण अहिले क्यालिफोर्नियाको जंगल आगलागको सन्त्रास छ ।
  • डढेलोका कारण अहिलेसम्म ७१ जनाले ज्यान गुमाइसकेका छन् र १ हजारभन्दा बढी हराइरहेका छन् ।

अमेरिकी इतिहासमा अहिलेसम्मकै सबैभन्दा भीषण भनिएको डढेलोले निम्त्याएको विनाशको आंकलन गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प क्यालिफोर्निया पुगेका छन् । क्याम्प फायर नामक डढेलोका कारण अहिले क्यालिफोर्नियाको जंगल आगलागको सन्त्रास छ । डढेलोका कारण अहिलेसम्म ७१ जनाले ज्यान गुमाइसकेका छन् र १ हजारभन्दा बढी हराइरहेका छन् । ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने बताइएको छ ।

विनाशको आंकलन गर्न क्यालिफोर्निया पुगेका राष्ट्रपति ट्रम्पले प्याराडाइज नगरमा बोल्दै यस्तो भयावह दृश्य देख्दा निकै दुख लागेको प्रतिक्रिया दिएका छन् । ट्रम्प्पले आगलागी हुनुमा जंगलको कमजोर व्यवस्थापन कारण भएको बताएका थिए । र, आफ्नो त्यही दावीलाई प्याराडाइज नगरमा पनि उनले दोहोर्याए । उनले व्यवस्थापनमा सुधार ल्याउन आवश्यक भएको र वातावरण संरक्षणवादी समूहहरुसँग मिलेर सरकारले काम गर्ने पनि बताए ।

विज्ञहरूले मौसम, जलवायु परिवर्तन लगायतलाई डढेलोको प्रमुख कारण ठहर्याएका छन् । राडाइज नगरमा ट्रम्पले कानून कार्यान्वयन गराउने स्थानीय निकाय, राजनीतिज्ञ र खोजी कार्यमा संलग्नहरूको प्रशंसा गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला पन्तका बुबालाई सडकमार्गबाटै काठमाडौँ ल्याइदै
निर्मला पन्तका बुबालाई सडकमार्गबाटै काठमाडौँ ल्याइदै
लोभ देखाएर नागरिकता, राहदानी लिने मान्छेदेखि सावधान
लोभ देखाएर नागरिकता, राहदानी लिने मान्छेदेखि सावधान
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
विप्लव समूहको पोलिटव्यूरो र स्थायी कमिटि भंग
विप्लव समूहको पोलिटव्यूरो र स्थायी कमिटि भंग
कांग्रेस वैठक यस्ता विवादमा फस्यो
कांग्रेस वैठक यस्ता विवादमा फस्यो
प्रधानमन्त्रीसँग गण्डक र सुस्ता समस्या समाधान गर्न माग
प्रधानमन्त्रीसँग गण्डक र सुस्ता समस्या समाधान गर्न माग
मध्यरातमा निगमले फेरि बढायो इन्धनमा मूल्य, हेर्नुहोस् नयाँ मूल्यसूची
मध्यरातमा निगमले फेरि बढायो इन्धनमा मूल्य, हेर्नुहोस् नयाँ मूल्यसूची
प्रधानमन्त्रीसँग विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशकको भेटवार्ता
प्रधानमन्त्रीसँग विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशकको भेटवार्ता
नाना पाटेकर पछि चर्चित लेखक चेतन भगतलाई लाग्याे यौन उत्पीडनकाे अाराेप !
नाना पाटेकर पछि चर्चित लेखक चेतन भगतलाई लाग्याे यौन उत्पीडनकाे अाराेप !
प्रसारण लाइन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितताको आशंका, छानविन शुरु
प्रसारण लाइन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितताको आशंका, छानविन शुरु