खाने तेलमा मुल्यवृद्धि : लिटर मै बढ्यो २० रुपैया

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १७, २०७५
|
|
२५ पटक हेरिएको
Shares
खाने तेलमा मुल्यवृद्धि : लिटर मै बढ्यो २० रुपैया

सारांश

  • काठमाडौं ।
  • सरकारले मूल्यवृद्धि नियन्त्रण गर्ने बताइरहँदा बजारमा दैनिक उपभोग्य वस्तुको भाउ बृद्धि भएको छ ।
  • खाद्य वस्तु लगायत दैनिक उपभोग्य बस्तुको बजार भाउ छोई नसक्नु छ ।

काठमाडौं । सरकारले मूल्यवृद्धि नियन्त्रण गर्ने बताइरहँदा बजारमा दैनिक उपभोग्य वस्तुको भाउ बृद्धि भएको छ । खाद्य वस्तु लगायत दैनिक उपभोग्य बस्तुको बजार भाउ छोई नसक्नु छ । झनै खाने तेलमा अहिले विना कारण लिटर मै विस रुपैया सम्म भाउ बढाईएको छ । खानेतेलमा उपभोक्ता व्यापक मात्रामा ठगिने गरेको छ ।

 

खाने तेल उत्पादकहरूदेखि बजारका खुद्रा व्यापारीहरू सम्मले मनपरी मुल्य लिने गरेको पाइएको छ । अहिले खाने तेलमा लिटर मै दश देखि विस रुपैंया सम्म भाउ बढाइएको छ । खाने तेलको परिणाम, गुणस्तर र मुल्यमा समेत व्यापारीले ठगि गर्ने गरेको छ । खानेतेलमा झण्डै ३३ देखि सतप्रतिशतसम्म मूल्यवृद्धि गरेको छ । एक्कासी तेलमा मूल्य वृद्धि भए पछि उपभोक्ता मंहगीको मारमा परेका छन् ।

 

सामान्य रुपमा बजार भाउ अनुसार नै तेल खरिद गर्दै आएका उपभोक्ताहरु एक्कासी लिटर मै झण्डै २५ देखि ३० प्रतिशत सम्म मुल्य वृद्धि भए पछि अचम्ममा परेका छन् । उनीहरु भन्छन् न अहिले नाकावन्दी न तेल अभाव । तर मूल्य वृद्धि भईरहेको छ । तेलका मुल्य वृद्धिले आफुहरुको भान्सा नै मंहगिएको गृहिणीहरु बताउंछन् ।

नेपालमा एक जना व्यक्तिले वार्षिक कति तेल उपभोग गर्छ भन्ने विषयमा आधिकारिक रुपमा कुनैपनि संस्थाले यकीन गर्न सकेको भेटिएन । तर, विश्वमा वार्षिक २४ किलो र भारतमा वार्षिक साढे १४ केजी तेल खपत भईरहेको संयुक्त राष्ट्रसंघको तथ्याङ्कले देखाएको छ ।

 

नेपालमा वार्षिक सरदर प्रतिव्यक्ति १० केजीको दरमा तेल उपभोग हुँदै आएको छ । यता खुद्रा व्यपारीहरु भने होलसेल मै तेलको भाउ बढेर आएकोले त्यहि अनुसार आफूहरुले मूल्य लिने गरेको बताउंछन् ।

तर यता तेल उद्योगहरु भने सरकारले आगामी आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा खाद्य वस्तुको आयातमा लाग्ने करको दायरा बढाएपछि बजारमा तेलको मूल्य वृद्धि भएको बताउंछन् । अहिले बजारमा गत बर्षको भन्दा खाद्य वस्तु लगायत अन्य सामानको मुल्य अस्वाभिक रुपमा बढेको छ ।

 

केहि महिना अघि सन फ्लावर तेलको मुल्य लिटरको १२० रुपैया थियो तर जेष्ठ १५ पछि अहिले सन फ्लावर तेलको मुल्य १४० रुपैया पर्छ । त्यस्तै तोरीको तेलको मूल्य छ । भटमासको तेलको बजार मूल्य पनि उस्तै छ ।

 

नेपाली बजारमा तोरी र भटमासको भन्दा सनफ्लावरको तेल बढी खपत हुने गरेको छ । मुल्य वृद्धि नियन्त्रणका लागि भन्दै बेला बेलामा सरकारी तवरबाट अनुगमन पनि हुने गरेको छ तर त्यो केवल देखाउन कै लागि गरिएको अनुगमन जस्तै भएको छ ।

 

बजार भाउ बढ्दो छ तर सरकार मंहगीका विरुद्ध खरो रुपमा प्रश्तुत हुनै सकेको छैन । मंहगी नियन्त्रणमा ल्याउन जरुरी छ ।

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    समृद्धि नै समृद्धि जताततै । चमत्कारनै गर्‍यो ओलिले त ।

    Comment Author

    Raju Budathoki Budathoki

    Yo sarkar janta mara ho khane tel ma pani xodeen

    Comment Author

    Chitra Rana

    yo bheda jantalai thikai xa. j gare Pani bolne kohi chhaina
    .

    Comment Author

    Padam Bahadur Shrestha

    Comnistko birdh gare jailma kochinxa 2/3 xa vanne thaha xaina raiti haru.

    Comment Author

    Limbu Man

    हल्का प्रसेन्ट लिन्छ कि के हो ओलि सर्खार ले ? आगामी चुनाबमा अ्मेरिकी रास्ट्रपती ट्रम्प जस्तै पैसाको खोला बगाउने योजना त होइन?

    Comment Author

    Rk Paul Tmg

    Mitra haru hami Nepali janta n.1 ko murkha xau chunab ko bela 1 pis masu ma chor neta lai vote beche paxi ahile mahangi ko mar ta hamile khepnu swavabik nai honi

    Comment Author

    Bigyan Bastakoti

    Kam ramro garako xa oli sarkhar lap

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?