विवेकशील साझा राष्ट्रिय पार्टी हुनबाट बञ्चित

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
१९ पटक हेरिएको
Shares
विवेकशील साझा राष्ट्रिय पार्टी हुनबाट बञ्चित

सारांश

  • काठमाडौं, मंसिर २३ – विवेकशील साझा पार्टी राष्ट्रिय पार्टी हुनबाट वञ्चित भएको छ ।
  • विवेकशीलले सबैभन्दा बढी आशा गरेको काठमाडौं १ नम्बर क्षेत्रमा रवीन्द्र मिश्र पराजित भएपछि विवेकशील साझा पार्टी राष्ट्रिय पार्टी बन्ने संभावना लगभग सकिएको छ ।
  • मिश्र कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग ८१८ मतान्तरले पराजित हुनु भएको हो ।

काठमाडौं, मंसिर २३ – विवेकशील साझा पार्टी राष्ट्रिय पार्टी हुनबाट वञ्चित भएको छ । विवेकशीलले सबैभन्दा बढी आशा गरेको काठमाडौं १ नम्बर क्षेत्रमा रवीन्द्र मिश्र पराजित भएपछि विवेकशील साझा पार्टी राष्ट्रिय पार्टी बन्ने संभावना लगभग सकिएको छ ।

मिश्र कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग ८१८ मतान्तरले पराजित हुनु भएको हो । राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नैपर्ने र समानुपातिकमा ३ प्रतिशत मत कटाउनु पर्ने अवस्थामा काठमाडौं १ को चुनौतिपूर्ण क्षेत्रबाट उम्मेदवारी दिएका मिश्रले प्रतिस्पर्धात्मक र सम्मानित मत पाए पनि विवेकशील साझालाई राष्ट्रिय पार्टी बनाउन सक्नु भएन ।

यसपटक राष्ट्रिय दल बन्ने र अर्कोपटक देशकै नेतृत्व गर्ने महत्वाकांक्षी नारा बोकेर चुनाव लडेका मिश्रले वाम गठबन्धन र कांग्रेसपछि तेश्रो ठुलो शक्ति बन्ने अनुमान गरिएको थियो । २०७० सालको दोश्रो संविधानसभाको चुनावमा समानुपातिकतर्फ राम्रो मत ल्याएर तेश्रो पार्टीको राप्रपा नेपाल जस्तै यसपटक विवेकशील साझाले पनि संसदमो तेश्रो शक्ति बन्ने धेरैको अनुमान थियो ।

तर नयाँ संविधानमा ३ प्रतिशतको थ्रेस होल्डको व्यवस्था र रवीन्द्र मिश्रको पराजयको कारण नै विवेकशील साझा राष्ट्रिय दल बन्न सकेन ।

काठमाडौं १ मा पराजित भएपनि मिश्र स्वयम्ले १० हजार बढी मत पाउनु भएको छ । यस्तै काठमाडौं क्षेत्र नं. २ मा सूर्यराज आचार्यले र ललितपुर ३ मा उज्ज्वलकृष्ण श्रेष्ठले ५ हजार बढी मत ल्याउनु भएको छ भने देशका अन्य ठाउँमा विवेकशील साझा पार्टीका उम्मेदवारले अरु साना दलको भन्दा राम्रै मत पाएका छन् ।

प्रत्यक्षतर्फ एक सिट नजिते पनि समानुपातिकतर्फबाट स्वतन्त्र सांसदको हैसियतले संसदमा आफ्ना एजेन्डा उठाउने अवसर भने विवेकशील साझालाई रहनेछ ।

बिबिसी नेपाली सेवाको प्रमुखबाट राजीनामा दिएर राजनीतिमा होमिएका मिश्रले सुरुमा साझा पार्टी नेपाल खोल्नु भएको थियो । तर यसले आफूलाई बलियोसँग स्थापित गर्न नसक्ने देखिएपछि मिश्रले लामो समयदेखि सामाजिक अभियानमा केन्द्रित विवेकशील नेपाली पार्टीसँग पार्टी एकता गर्नु भएको थियो ।

पार्टी खोले लगत्तै स्थानीय तहको चुनावमा मिश्रले साझा पार्टीका तर्फबाट काठमाडौं महानगरपालिको मेयरमा किशोर थापालाई उठाउनु भएको थियो । तर २१ बर्षकी रञ्जु दर्शनाले विवेकशील पार्टीबाट थापाको भन्दा राम्रो मत ल्याएपछि मिश्रले उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपालीसँग पार्टी एकता गर्नु भएको थियो ।

६ महिनाअघि मात्रै दुई पार्टी मिलेर बनेको विवेकशील साझाले छोटो समयमै काठमाडौंमा राम्रो चर्चा र समर्थन पायो भने संसदमा स्वतन्त्र उम्मेदवार पठाउन सक्ने हैसियत बनाएको छ ।

‘गरेरै छाड्ने हो, समृद्धि हेरेरै मर्ने हो’ भन्ने रवीन्द्र मिश्रको महत्वाकांक्षी नाराले छोटो समयमा स्वदेश र विदेशमा रहेका युवाहरुले राम्रोसँग साथ पनि दिएका छन् । पुर्खाको विरासत थाम्ने राजनीति भन्दा परिवर्तनको राजनीति गर्ने मुख्य एजेन्डा लिएर चुनावी प्रतिष्पर्धामा उत्रिएको विवेकशील साझाले यसलाई थोरै भएपनि पुष्टि गरेको छ ।

मुख्य दलहरुले सबै क्षेत्र र तल्लो तहसम्मै संगठन बनाएर गरिरहेको ‘सिण्डिकेट’ राजनीतिलाई चुनौति दिँदै विवेकशीलले आफ्ना कुनै पनि भातृ संगठन नबनाउने घोषणा गरेको थियो ।

अन्ततः उसलाई यही घोषणा टिकाइराख्न र सजिलै संगठन निर्माण गरेर जित हात पार्न चुनौतिपूर्ण पनि बनेको छ । यसपटकको पराजयबाट विवेकशीलले तल्लो तहसम्मै संगठन निर्माण गरेर अर्कोपटक चुनाव लड्छ या त आफ्नो पुर्ववत अडान कायमै राख्छ, त्यो भने हेर्न बाँकी छ ।

तर पढेलेखेका र विभिन्न क्षेत्रका विज्ञहरु समेत मिलेर बनेको विवेकशील साझा पार्टीले जुझारु युवाहरुको समर्थन र परिवर्तनको आशा राखेका धेरै नागरिकलाई भने निराश बनाइसकेको छैन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले के भने बिमस्टेक बैठकमा ??
प्रधानमन्त्रीले के भने बिमस्टेक बैठकमा ??
इंगल्याण्ड फाइनलमा, २३ वर्षपछि नयाँ विजेता बन्दै विश्वकप क्रिकेटमा
इंगल्याण्ड फाइनलमा, २३ वर्षपछि नयाँ विजेता बन्दै विश्वकप क्रिकेटमा
दुई दिने भारत बन्द आह्वान, बैकिङ युनियनको पनि ऐक्यबद्धता
दुई दिने भारत बन्द आह्वान, बैकिङ युनियनको पनि ऐक्यबद्धता
कोरोना संक्रमितले टेकु अस्पतालमा उपचार गर्दा लाग्ने खर्च
कोरोना संक्रमितले टेकु अस्पतालमा उपचार गर्दा लाग्ने खर्च
एमसीसीमा सहयोग गर्नेलाई धन्यवाद दिदै सरकारले सुनायो मन्त्रिपरिषद बैठकको निर्णय
एमसीसीमा सहयोग गर्नेलाई धन्यवाद दिदै सरकारले सुनायो मन्त्रिपरिषद बैठकको निर्णय
चार बजे मन्त्रिपरिषद बैठक बस्दै
सुकीको कारकेड माइक्रोसँग ठोक्कियो, प्रहरीद्वारा ड्राइभर सडकमै कुटिए (भिडियो)
सुकीको कारकेड माइक्रोसँग ठोक्कियो, प्रहरीद्वारा ड्राइभर सडकमै कुटिए (भिडियो)
Best Free Romantic relationship Site To get Severe Romantic relationships
काठमाडाँ उपत्यकामा शनिवार थपिए ११७७ कोरोना संक्रमित
काठमाडाँ उपत्यकामा शनिवार थपिए ११७७ कोरोना संक्रमित
नाम ‘मसिहा’, काम शून्य: निर्वाचनमा नमिठो पराजय भोग्दै मधेसका दिग्गजहरू
नाम ‘मसिहा’, काम शून्य: निर्वाचनमा नमिठो पराजय भोग्दै मधेसका दिग्गजहरू

तपाईंले छुटाउनुभयो कि?