खुकुरी प्रहार गर्ने पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १५, २०७४
|
|
१९ पटक हेरिएको
Shares
खुकुरी प्रहार गर्ने पक्राउ

सारांश

  • चितवन, १५ भदौ भरतपुर महानगरपालिका– २ क्षेत्रपुर घर भई चौतारी यातायातमा काम गर्ने ३० बर्षीय दिलिप सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।
  • भरतपुर महानगरपालिका–१ हड्डी टोल (सुकुम्बासी बस्ती ) मा तास खेलिरहेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढ चितवनमा कार्यरत रहि पोखरा बसपार्कमा पिकेट ड्युटीमा रहेका प्रहरी जवान तारा प्रसाद पोख्रेल बुधबार उक्त स्थानमा पुग्दा तास खेल्ने सबै भागेको र मादक पदार्थ सेवन गरेका सुनारलाई उक्त स्थानबाट जानु भन्दा सुनार आक्रोसमा आई प्रहरी जवान पोख्रेललाई अचानक पछाडीबाट खुकुरी प्रहार गरेका थिए ।
  • घाइते पोख्र्रेललाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुरमा लगिएको छ ।

चितवन, १५ भदौ
भरतपुर महानगरपालिका– २ क्षेत्रपुर घर भई चौतारी यातायातमा काम गर्ने ३० बर्षीय दिलिप सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।
भरतपुर महानगरपालिका–१ हड्डी टोल (सुकुम्बासी बस्ती ) मा तास खेलिरहेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढ चितवनमा कार्यरत रहि पोखरा बसपार्कमा पिकेट ड्युटीमा रहेका प्रहरी जवान तारा प्रसाद पोख्रेल बुधबार उक्त स्थानमा पुग्दा तास खेल्ने सबै भागेको र मादक पदार्थ सेवन गरेका सुनारलाई उक्त स्थानबाट जानु भन्दा सुनार आक्रोसमा आई प्रहरी जवान पोख्रेललाई अचानक पछाडीबाट खुकुरी प्रहार गरेका थिए । घाइते पोख्र्रेललाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुरमा लगिएको छ ।
प्रहरीले अन्य फरार व्यक्तिहरुलाई खोजतलास गर्ने क्रममा भरतपुर महानगरपालिका–२ क्षेत्रपुर वस्ने १८ बर्षीय लक्ष्मण थापा मगर, २४ बर्षीय साजन थापा मगर र १४ बर्षीय रुपेश सुनारलाई समेत नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?