पकरी–भारदह सडकखण्ड मर्मत नहुँदा आवतजावतमा समस्या

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
४० पटक हेरिएको
Shares
पकरी–भारदह सडकखण्ड मर्मत नहुँदा आवतजावतमा समस्या

सारांश

  • पकरी–भारदह सडकखण्ड मर्मत नहुँदा आवतजावत गर्नमा समस्या हुने गरेको स्थानीय बासिन्दाको गुनासोे छ ।
  • सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–४ स्थित पकरी–भारदह सडकखण्डको अर्जीदेखि गंगापुर हँुदै ढोरबा चोकसम्म करिब डेढ किमी बाटो गत साउनमा आएको बाढीले कटान गरेपछि अहिले आवतजावतमा समस्या भएको उनीहरूको भनाइ छ ।
  • सो बाटो बाढीले कटान गरेपछि अरुको धान खेतबाट हिँड्नुपर्ने बाध्यता रहेको हनुमाननगर कंकालनी नगरपालिका–४ मधुवापुरका इन्द्रदेव ठाकुरले बताउनुभयो ।

पकरी–भारदह सडकखण्ड मर्मत नहुँदा आवतजावत गर्नमा समस्या हुने गरेको स्थानीय बासिन्दाको गुनासोे छ ।

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–४ स्थित पकरी–भारदह सडकखण्डको अर्जीदेखि गंगापुर हँुदै ढोरबा चोकसम्म करिब डेढ किमी बाटो गत साउनमा आएको बाढीले कटान गरेपछि अहिले आवतजावतमा समस्या भएको उनीहरूको भनाइ छ ।

सो बाटो बाढीले कटान गरेपछि अरुको धान खेतबाट हिँड्नुपर्ने बाध्यता रहेको हनुमाननगर कंकालनी नगरपालिका–४ मधुवापुरका इन्द्रदेव ठाकुरले बताउनुभयो ।

त्यस्तै कटान गरेको बाटो मर्मत नहुँदा सो बाटो भएर दैनिक भारदह बजार जाने हजारौँ मनिस र सयौँ गाडी बाटोको बगरमा रहेको धानखेत मासेर हिँड्नुपर्ने बाध्यता भएको पनि उहाँले उल्लेख गर्नुभयो ।
आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पनि बाटोघाटो मर्मत नहुँदा स्थानीयवासी एकदमै निराश भएको सोही ठाउँका अर्का व्यक्ति रामदेव साहले बताउनुभयो ।

सो क्षेत्रका गोइठी, डिवन, लवलगर, बतनाहा, सोनरा पकरीलगायत दर्जनौँ गाउँका मानिस उक्त बाटो भएर आवतजावत गर्ने गरेकाले यसप्रति सम्बन्धित निकायले बाटो मर्मत नगर्दा धान खेत मासेर हिँड्नुपर्ने बाध्यता रहेको अर्का व्यक्ति सञ्जीव गोइतको गुनासो थियो ।

आगामी निर्वाचनलाई मध्यनजर गर्दै तत्काल मर्मतका लागि आफ्नो खल्तीबाट भए पनि केही ठाउँमा मर्मतको काम शुरु गरिएको हनुमाननगर कंकालनी नगरपालिका–४ का वडाध्यक्ष नागेश्वर मण्डलले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?