खेलकुद पत्रकार मञ्चको शाखा सुर्खेतमा विस्तार ।

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १४, २०७४
|
|
१७ पटक हेरिएको
Shares
खेलकुद पत्रकार  मञ्चको शाखा सुर्खेतमा विस्तार ।

सारांश

  • सुर्खेत, १३ कात्तिक ।
  • पत्रकारिता मार्फत खेल क्षेत्रलाई अगाडि बढाउने उदेश्यले सुर्खेतमा खेलकुद पत्रकार मञ्च गठन गरिएको छ ।
  • पत्रकार भानुभक्त अधिकारीको अध्यक्षतामा मञ्चको शाखा सुर्खेतमा विस्तार गरिएको हो ।

सुर्खेत, १३ कात्तिक । पत्रकारिता मार्फत खेल क्षेत्रलाई अगाडि बढाउने उदेश्यले सुर्खेतमा खेलकुद पत्रकार मञ्च गठन गरिएको छ । पत्रकार भानुभक्त अधिकारीको अध्यक्षतामा मञ्चको शाखा सुर्खेतमा विस्तार गरिएको हो ।

मञ्चको उपाध्यक्षमा लक्ष्मी भण्डारी, सचिवमा राजेन्द्र शाही, सहसचिवमा सुर्वण शाही र कोषाध्यक्षमा सृजना बुढाथोकी रहेका छन् । यस्तै सदस्यहरुमा निर्मल प्याकुरेल, तिलक पौडेल, निरक कँडेल र लक्ष्यबहादुर सुनार रहेका छन् ।

खेलकुद पत्रकार मञ्चका केन्द्रीय सदस्य कमल खत्री, पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारती लगायतले सुर्खेतको पत्रकारिताले समग्र ६ नंम्बर प्रदेशकै खेलकुद क्षेत्रको विकासका लागि कलम चलाउँनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्र गिरी, जिल्ला खेलकुद विकास समितिका प्रमुख निलमणी सापकोटा, नेपाल किक्बक्सिङ्ग संघका राष्ट्रिय उपाध्यक्ष हरि विष्ट, बक्सिङ्ग प्रशिक्षक दिलिपसिंह ठकुरी लगायतले खेलकुदको विकासका लागि खेल पत्रकारको भूमिका महत्वपर्ण भएकाले यसको विकासमा अव थप टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?