युरोपा लिगःआर्सनल र चेल्सी समूह विजेता हुदै नकआउट चरणमा प्रवेश
सारांश
- २८ मंसिर,काठमाडौ।
- युरोपा लिगमा बिहीबार राति भएको खेलमा चेल्सी मोल भिडीसँग २–२ गोलको बराबरीमा रोकिएको छ।
- तर चेल्सी समूह एल को विजेता बन्दै युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।
२८ मंसिर,काठमाडौ।युरोपा लिगमा बिहीबार राति भएको खेलमा चेल्सी मोल भिडीसँग २–२ गोलको बराबरीमा रोकिएको छ। तर चेल्सी समूह एल को विजेता बन्दै युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।
चेल्सीका लागि खेलको ३०औं मिनेटमा विलियनले गोल गर्दै अग्रता दिलाएका थिए । तर ३२औं मिनेटमा चेल्सीका इथान अम्पाडुले आत्मघाती गोल गर्न पुगेपछि मोल भिडीले १–१ गोलको बराबरी बनाएको थियो ।
लाईक नेगोले गोल गर्दै मोल भिडीलाई २–१ गोलको अग्रता दिलाएका थिए । खेलको ७५औं मिनेटमा ओलिभर जिराउडले गोल गर्दै चेल्सीलाई २–२ गोलको बराबरी दिलाएका हुन् ।
बिहीबार रातिनै भएको अर्को खेलमा इंग्लिस क्लब आर्सनल समूह ‘ई’को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।बिहीबार राति भएको खेलमा आर्सनलले एफके काराबागलाई १–० गोलअन्तरले पराजित गरेसँगै समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । आर्सनलको जितमा एलेक्सन्ड्रे लेकाजेटले निर्णायक गोल गरे ।
प्रतिक्रिया