खै त निर्मलाका हत्यारा? न्याय माग्दै देशभर यसरी भयो प्रदर्शन
सारांश
- काठमाडौं ।
- कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मलाका लागि देशैभर विरोध प्रदर्शन भएको छ ।
- निर्मलाका हत्यारालाई तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्न सरकारलाई दबाब स्वरुप देशभर प्रदर्शन गरिएको हो।
काठमाडौं । कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मलाका लागि देशैभर विरोध प्रदर्शन भएको छ । निर्मलाका हत्यारालाई तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्न सरकारलाई दबाब स्वरुप देशभर प्रदर्शन गरिएको हो। निर्मलाको हत्या भएको ५२ दिन बितिसक्दा समेत अपराधी पक्राउ गर्न सकेको छैन ।
शनिबार काठमाडौंमा भएको विरोध प्रदर्शनमा निर्मलाका आमाबा उपस्थित भएका थिए । न्याय माग्न काठमाडौं आएका निर्मलाका आमाबा न्याय नपाइ नफर्कने बताएका छन् ।
शनिबार देशका मुख्य शहरहरुमा निर्मलालाई न्याय माग्दै भेला भएर सरकारलाई खबरदारी गरेका छन् । सरकार१ निर्मलालाई न्याय’ देऊ भन्दै राजधानी काठमाडौंसहित मुलुकका विभिन्न १९ सहरमा स्वस्फुर्त प्रदर्शन गरिएको हो। निर्मलाको शव गत साउन ११ गते गाउँनजिकै उखुबारीको पानीभित्र घोप्टो पारेर फोलिएको अवस्थामा फेला परेको थियो।
विभिन्न सामाजिक सञ्जालमा निर्मलाका निम्ति न्याय, बलात्कार विरुद्धको रोष ह्यासट्याग अभियान समेत चलिरहेका छन् । सामाजिक सञ्जाल ट्विटर, फेसबुकमा अपराधीलाई कार्वाहीको माग गर्दै स्वतस्फूर्त अभियान चलेका छन् ।
‘न्यायका लागि जागौं– न्याय हाम्रो अधिकार, मौन बसेको सरकार–किन बढ्दैछ बलात्कार, निर्दोषलाई यातना–दोषीलाई उन्मुक्ति, ‘सरकारले देखायो लाचारी–त्यसैले हाम्रो खबरदारी’ सरकार देखाऊ इच्छा–खै त महिलाको सुरक्षा’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। प्रदर्शनकारीले प्रहरी नै दोषी उम्काउने खेलमा लागेकाले अनुसन्धान फितलो पारिएको आरोप लगाएका छन्।
काठमाडौंको माइतीघर मण्डलामा न्याय माग्दै निर्मला लगायतलाई न्याय माग्दै जम्मा हुँदैछन् । रानको भानुचोक, इटहरी, इनरुवा, उदयपुरको गाइघाट, विराटनगर, राजविराज, भरतपुर, वीरगन्ज, काभ्रे, नेपालगन्ज, पाल्पा, प्यूठान लगायतका स्थानमा निर्मलाका लागि न्याय माग्दै स्वतस्फूर्त उपस्थित भएका हुन् ।
सुनसरीमा खबरदारी सभा, झापामा मौन जुलुस, कतै प्रदर्शन, चितवनमा कविता वाचन, नेपालगन्जमा आँखामा कालोपट्टी बाँधेर प्रदर्शन, अन्य जिलामा पनि दोषीलाई फत्रउा गर्न दबाब दिंदै प्रदर्शन गरिएका छन् ।
प्रतिक्रिया