अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधि : प्रम ओली
सारांश
- काठमाडौं, २९ चैत ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधि भएको बताएका छन् ।
- नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक÷हुद्दा क्याडेट तालिमको आयुक्त पद प्रधान कार्यक्रमलाई आज श्री नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
काठमाडौं, २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधि भएको बताएका छन् ।
नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक÷हुद्दा क्याडेट तालिमको आयुक्त पद प्रधान कार्यक्रमलाई आज श्री नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले आतंककारी गतिविधिले शान्ति सुरक्षा, अर्थतन्त्र र सामाजिक एकतामा प्रत्यक्ष आघात पार्ने बताएका छन् । “देशभित्र हिंसात्मक गतिविधिमा क्रियाशील अतिवादी तत्वहरु, अन्तर्राष्ट्रिय आतंककारी गतिविधिको चुनौतीहरु साथै क्षेत्रीय र जातीय विद्वेषमा आधारित द्वन्द्वहरु अहिलेका वास्तविक खतरा हुन्” प्रधानमन्त्री ओलीले थपे, “यस प्रकारका खतराविरुद्ध हाम्रा सुरक्षा निकाय सदैव तयार हुनु पर्दछ ।”
प्रधानमन्त्री ओलीले २१ औं शताब्दीको अर्को महत्वपूर्ण चुनौती साइबर सुरक्षा भएको बताए । “यो प्रत्यक्ष हमला भन्दा पनि कारगार हुन्छ”, प्रधानमन्त्री ओलीले जोडे, “राष्ट्रिय सुरक्षाका विविध आयामका बारेमा जानकार रही साइबर सुरक्षाको विश्वसनीय योजनासहित सुरक्षा निकायहरुबीच असरदार समन्वय बनाउनु जरुरी छ ।”
प्रधानमन्त्री ओलीले लामो अस्थिरतापछि देश स्थायित्वतर्फ अग्रसर भएको पनि उल्लेख गरे । प्रधानमन्त्री ओलीले स्थायित्वको जगमा नेपालको विकास वर्तमान सरकारको लक्ष्य रहेको बताए । “हामी अहिले तुलनात्मक रुपमा स्थिर र शान्तिपूर्ण अवस्थामा छौं” प्रधानमन्त्री ओलीले भने, “तर हामी सधैं भविष्यमा उत्पन्न हुन सक्ने खतराका बारेमा सतर्क रहनु जरुरी छ ।”
प्रधानमन्त्री ओलीले नेपाली सेनाले राष्ट्र निर्माणका लागि नेपाली जनतासँग काँधमा काँध मिलाउदै आएकोमा प्रशंशा पनि गरे । नेपाली सैनिकहरुले विश्वका द्वन्द्वग्रस्त मुलुकहरुमा पु¥याएको योगदानलाई नेपाललाई शान्ति सैनिकहरुको देशको रुपमा चिनाएको प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले भने, “नेपाली सेना विविध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेवारीहरु पूरा गर्न सक्षम बहुआयामिक संगठनको रुपमा विकसित भएको छ ।”
प्रतिक्रिया