देउवाले किन बोल्न दिएनन् कल्याण गुरुङलाई ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
२९ पटक हेरिएको
Shares
देउवाले किन बोल्न दिएनन् कल्याण गुरुङलाई ?

सारांश

  • काठमाडौं, माघ ५ ।
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टी शेरबहादुर देउवाको क्रियाकलापाको कारण उनीमाथि शंका रहेको बताएका छन् ।
  • चुनावपछि भएको पहिलो केन्द्रिय समिति बैठकमा बोल्दै केन्द्रिय सदस्य गुरुङले पछिल्लो समयमा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख मध्ये पाँच जना पञ्चायत पृष्ठभूमिबाट आएको भन्दै प्रधानमन्त्री समेत रहेका सभापतिप्रति नै शंका लाग्ने थालेको बताएका थिए ।

काठमाडौं, माघ ५ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टी शेरबहादुर देउवाको क्रियाकलापाको कारण उनीमाथि शंका रहेको बताएका छन् ।

चुनावपछि भएको पहिलो केन्द्रिय समिति बैठकमा बोल्दै केन्द्रिय सदस्य गुरुङले पछिल्लो समयमा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख मध्ये पाँच जना पञ्चायत पृष्ठभूमिबाट आएको भन्दै प्रधानमन्त्री समेत रहेका सभापतिप्रति नै शंका लाग्ने थालेको बताएका थिए ।

‘तपाईंप्रति पनि मलाई शंका छ । सभापतिजस्तै म पनि महाधिवेशनबाट निर्वाचित भएर आएको हुँ’ गुरुङले भने । सभापतिमाथि नै शंका छ भनेपछि देउवाले गुरुङलाई समय सकिएको भन्दै बोल्न रोकेका थिए । बैठकमा गुरुङसहित वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला निकट केन्द्रिय सदस्यहरुले चुनावी पराजयका लागि सभापति देउवा जिम्मेवार रहेको भन्दै चर्को आलोचना गरेका छन् ।

बैठकमा देउवा निकट केन्द्रीय सदस्यहरुले भने सभापतिको बचाउ गर्दै पार्टीले महत्वपूर्ण जिम्मेवारी पूरा गरेको र दुई दल मिल्दा पनि पार्टीले समानुपाकिततर्फ राम्रो मत पाएको तर्क गरेका थिए । राष्ट्रियसभाको उम्मेदवार छान्नका बैठक बोलाइएको भएपनि बैठक चुनावी समिक्षामा केन्द्रित भएको थियो । बैठक एक दिनका लागि भनिएपनि शुक्रबार पनि जारी रहनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?