भाेज खाएर फर्किएका मेयरले सर्वसाधारणलाइ यसरी भकुरे!
सारांश
- धनुषा, ६ जेठ ।
- धनुषाको शहीद नगरपालिकाका मेयर उदय बरबरियाले गएराति स्थानीयहरुलाई कुटपिट गरेका छन्।
- कुटपिटपछि सरोकारवालाहरुले घटनाको छानवीन गरी दोषिलाई कडा कारवाहीको माग गरेका छन्।
धनुषा, ६ जेठ । धनुषाको शहीद नगरपालिकाका मेयर उदय बरबरियाले गएराति स्थानीयहरुलाई कुटपिट गरेका छन्।
कुटपिटपछि सरोकारवालाहरुले घटनाको छानवीन गरी दोषिलाई कडा कारवाहीको माग गरेका छन्। शहीदनगर नगरपालिका को मेयर उदय बरबरिया तथा वडा नम्बर ८ का वडा अध्यक्ष तनुक लाल कुसियैतसहित ९–१० जना को समूहले कमला नपा ९ नरहामा स्थानीयहरुलाई निर्घाट कुटपिट गरेकाे बताइएकाे छ ।
तर माओवादीबाट निर्वाचित बरबरियाविरूद्ध प्रहरीले उजुरी लिन अस्वीकार गरेको स्थानियले बताएका छन।
सशस्त्र प्रहरी बेस क्याम्प दुबरकोट हथलेटवाबाट भोज खाएर फर्किंदै गरेका मेयर बरवरिया सवार गाडीले राति सर्वसाधारणलाई ठक्कर दिएपछि विवाद भएको थियो। विवादपछि मेयर बरबरिया नेतृत्वको समूहले सर्वसाधारणमाथि आक्रमण गरेको हो। मेयर समूहको आक्रमणबाट रामदेव साह, अमोद कुमार साह, राजेश यादव, जय कुमार साह, पुनिता कुमारी, शान्ति देवी घाइते भएका छन्।
घाइतेहरुलाई जनकपुर अञ्चल अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। घटना सम्बन्धमा मेयर बरबरियाले प्रतिक्रिया दिन मानेन्।
मेयर नेतृत्वमा भएको कुटपिटको घटनाबारे प्रहरी प्रशासनलाई जानकारी गराए पनि छानविनको लागि कुनै चासो नदिएको पीडित रामदेव साहले जनाए। मेयर र प्रहरी प्रशासनको मिलोमतोका कारण आफूहरु पीडित भएको भन्दै उनीहरुले दोषीउपर कारवाही माग गरेका छन्।
प्रतिक्रिया