खोरमा कौडा खेल्ने २४ पक्राउ
सारांश
- चितवन, २७ कात्तिक ।
- कौडा खेलिरहेका २४ जनलाई प्रहरीले पक्राउ गरेको छ ।
- भरतपुरको कैलाशनगर बस्ने ४२ वर्षीय सुनिल कुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको अवस्थामा क्षेत्री लगायत २४ जना बुधबार राति पक्राउ परेका हुन् ।
चितवन, २७ कात्तिक । कौडा खेलिरहेका २४ जनलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुरको कैलाशनगर बस्ने ४२ वर्षीय सुनिल कुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको अवस्थामा क्षेत्री लगायत २४ जना बुधबार राति पक्राउ परेका हुन् ।
कौडा खेलीरहेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख १७ हजार १ सय ७५ रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया