खोरेतको औषधि अभाव, दिनप्रतिदिन पशुवस्तु मर्न थाले

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १४, २०७६
|
|
१९ पटक हेरिएको
Shares
खोरेतको औषधि अभाव, दिनप्रतिदिन पशुवस्तु मर्न थाले

सारांश

  • एक महीनादेखि हुम्लाका तीन गाउँपालिकामा पशुवस्तुमा खोरेत रोग फैलिएको छ ।
  • पशुवस्तुमा खोरेत, जिब्रेन रोग लागेर मर्न थालेका छन् तर भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र यस सम्बन्धमा अनभिज्ञ रहेको छ ।
  •  जिल्लाको सर्केगाड गाउँपालिकाको राहदेव र खार्पुनाथ गाउँपालिकाको वडा नं १ र ५ मा रहेको लेकमा खर्कमा वर्षा लागेसँगै पाटनमा चरिचराउ गर्न लगिएका दुई दर्जनभन्दा बढी पशुवस्तुमा खोरेत, जिब्रेन रोग लागेपछि पशु मरेका छन् ।

एक महीनादेखि हुम्लाका तीन गाउँपालिकामा पशुवस्तुमा खोरेत रोग फैलिएको छ । पशुवस्तुमा खोरेत, जिब्रेन रोग लागेर मर्न थालेका छन् तर भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र यस सम्बन्धमा अनभिज्ञ रहेको छ । जिल्लाको सर्केगाड गाउँपालिकाको राहदेव र खार्पुनाथ गाउँपालिकाको वडा नं १ र ५ मा रहेको लेकमा खर्कमा वर्षा लागेसँगै पाटनमा

चरिचराउ गर्न लगिएका दुई दर्जनभन्दा बढी पशुवस्तुमा खोरेत, जिब्रेन रोग लागेपछि पशु मरेका छन् । वडा नं ५ दुर्पागाउँ निवासी पशुपालक कृषकले गाउँभन्दा टाढा रहेका खर्कमा लगेका पशुवस्तु यतिबेला मर्न थालेको दुर्पागाउँ निवासी देवसिंह रोकायाले बताउनुभयो । यसरी पशुवस्तुमा देखापरेको रोगले दुई दर्जन पशु मर्दा पशुपालक

कृषकलाई ठूलो नोक्सानी भएको उहाँले जानकारी दिनुभयो । यसैगरी जिल्लाको सिमकोट गाउँपालिका–२ ठेहेमा रहेको चुवाखोलामा पनि भेडाबाख्रामा यो रोग देखापरेको छ । खार्पुनाथ गाउँपालिकामा पशुचौपायलाई उपचारका लागि औषधि भए पनि स्वास्थ्यकर्मी नभएको र कर्मचारी समायोजनका कारण समस्या भएको गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिनुभयो ।

रावलका अनुसार एक गाउँ एक प्राविधिकलाई गाउँबाटै बजेटको व्यवस्था गरेर रोग प्रभावित क्षेत्रमा पठाउने तयारी भएको बताउनुभयो । रोगको उपचारका लागि गाउँपालिकामा पशु स्वास्थ्य शाखामा कर्मचारी अभाव भएकाले पशुवस्तुलाई भ्याक्सिनसहितको उपचारको टोली तत्काल उक्त स्थानमा पठाउन समस्या भएको अध्यक्ष रावलले जानकारी दिनुभयो ।

सर्केगाड गाउँपालिकामा पनि महामारी फैलिन नदिन जिल्लाका लेकमा रहेका विभिन्न खर्कमा स्थानीय निकाय लागिपरेको सर्केगाड गाउँपालिका अध्यक्ष करन रोकायाले जानकारी दिनुभयो ।

एउटै वडामा पाँचपशु मरे

सिमकोट गाउँपालिका–७ मा जिब्रेन, खोरेत रोगले पाँच गाईवस्तु मरेका छन् । एक महीनादेखि देखापरेको यो रोगबाट पशुवस्तु मर्न थाले पनि औषधिको अभाव भएको गाउँपालिका पशु स्वास्थ्य शाखाले बताएको छ । गाउँपालिकाको पशु स्वास्थ्य शाखामा दुई प्रकारको औषधि मात्रै हुँदा किसानले निजी मेडिकलबाट महङ्गो औषधि किनेर लिनुपरेको स्थानीय मन्दिर सिंहले जानकारी दिनुभयो ।

पशु स्वास्थ्य शाखामा औषधि नहुँदा खाली भएको सिरिन्ज लिएर गाउँपालिकाबाट फिर्ता हुनुपरेको अर्का किसान हरिबहादुर शाहीले दुखेसो गर्नुभयो । गाउँमा फैलिएको रोगका कारण पशुवस्तु मर्नुका साथै बिरामी पशुवस्तु थला पर्न थालेका छन् ।

वडा नं ७ मा शान्ति शाहीको एउटा जुमा, शीरबहादुर शाहीका दुई गाई, अजय शाहीको एक झोपा एउटा गाईसहित दुई बाछा मर्दा रु दुई लाखभन्दा बढी क्षति भएको उहाँले जानकारी दिनुभयो । हुम्लामा एउटा जुमाको मूल्य रु ७० हजारसम्म पर्ने गर्दछ भने गाईको रु ३० हजार पर्ने गरेको छ ।

सर्केगाड गाउँपालिका र खार्पुनाथ गाउँपालिकामा दुई दर्जन पशुवस्तु मर्दा रु पाँच लाखभन्दा बढी क्षति पुगेको किसान देवसिंह रोकायाले जानकारी दिनुभयो । सिमकोट गाउँपालिका पशु शाखाका प्रमुख हिराजन शाहीले नयाँ आर्थिक वर्ष लागेकाले औषधि अभाव भएको बताउनुभयो । उहाँले आठवटै वडाका पशुपालक कृषकले फैलिएको रोगको बारेमा जानकारी दिन नआएको र औषधिमात्रै माग्न आएको बताउनुभयो ।

स्थानीय निकायमा सोझै बजेट आउँदा खोरेत रोगलगायतका रोगको पहिचान, रोकथाम, उपचार र जैविक सुरक्षासम्बन्धी प्रचारप्रसार गर्दै किसानस्तरसम्म पठाइने गरिएको भनिए पनि पशु स्वाथ्यकर्मीकै अभावले अहिले रोग प्रभावित क्षेत्रमा पशु स्वास्थ्यकर्मी पठाउन नसकिएको खार्पुनाथ गाउँपालिका अध्यक्ष रावलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाको कहरः चीनको हुबे प्रान्तमा घरबाहिर हिड्न प्रतिबन्ध
कोरोनाको कहरः चीनको हुबे प्रान्तमा घरबाहिर हिड्न प्रतिबन्ध
युएईमा दुई नेपालीमा कोरोना
युएईमा दुई नेपालीमा कोरोना
भरतपुर महानगरलाई ध्रुम्रपानरहित शहर बनाईदै
भरतपुर महानगरलाई ध्रुम्रपानरहित शहर बनाईदै
विदेशबाट फर्कैकी महिलामा कोरोनासँग मिल्ने लक्षण देखिएपछि आइसोलेशनमा भर्ना
विदेशबाट फर्कैकी महिलामा कोरोनासँग मिल्ने लक्षण देखिएपछि आइसोलेशनमा भर्ना
प्रतिबन्धित ५०० र १००० का नोटहरुमा राखिएको सुरक्षा वायरलाई नक्कली नोटमा लगाएर नयाँ बनाइदै तस्कर !
प्रतिबन्धित ५०० र १००० का नोटहरुमा राखिएको सुरक्षा वायरलाई नक्कली नोटमा लगाएर नयाँ बनाइदै तस्कर !
आफुले पाएको विभाग सम्हाल्न थाले नेकपा नेताहरु
आफुले पाएको विभाग सम्हाल्न थाले नेकपा नेताहरु
मनाेरञ्जन समचार :पुलवामा आक्रमणपछि पाकिस्तानी कलाकार सबैको तारो
मनाेरञ्जन समचार :पुलवामा आक्रमणपछि पाकिस्तानी कलाकार सबैको तारो
अब उपत्यका प्रवेश गर्न स्थानीय तहको अनुमति अनिवार्य
अब उपत्यका प्रवेश गर्न स्थानीय तहको अनुमति अनिवार्य
मतगणना प्रारम्भ भएको सात दिनमा नतिजा निकाल्छौँः प्रमुख आयुक्त थपलिया
मतगणना प्रारम्भ भएको सात दिनमा नतिजा निकाल्छौँः प्रमुख आयुक्त थपलिया
राज्य चूप लागेर बस्न मिल्दैन ः नेपाल
राज्य चूप लागेर बस्न मिल्दैन ः नेपाल

तपाईंले छुटाउनुभयो कि?