नहरमा डुबेर दुईजना बालबालिका बेपत्ता
सारांश
- अस्बिन खड्का, इनरुवा, २२ साउन ।
- सुनसरी जिल्ला रामधुनी नगरपालिका ३ स्थित झुम्का बजार मा रहेको नहरमा डुबेर एकै परिवारका २ जना दिदी र भाई बेपत्ता भएका छन् ।
- दिउँसो नहरमा डुबेर स्थानीय ११ वर्षीया सृजना खड्का र नौ वर्षीय आश्विन खड्का डुबेर बेपत्ता भएका हुन्।
अस्बिन खड्का, इनरुवा, २२ साउन ।सुनसरी जिल्ला रामधुनी नगरपालिका ३ स्थित झुम्का बजार मा रहेको नहरमा डुबेर एकै परिवारका २ जना दिदी र भाई बेपत्ता भएका छन् ।
दिउँसो नहरमा डुबेर स्थानीय ११ वर्षीया सृजना खड्का र नौ वर्षीय आश्विन खड्का डुबेर बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार नहरमा लुगा र भाँडा माझ्नगयका र नहरको पानीले थाल बगाएपछि थाल लिन नहरमा पसेको भाई अश्विन नहरम डुबेपछि भाइलाई बचाउन पसेकी सृजना पनि बेपत्ता भएकी हुन्।खोजी कार्यमा सशस्त्र प्रहरीको दुईवटा गोताखोरको टोली परिचालन गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया