गंगामायाले पारिवारिक रिसिईबीका कारण छविलाल पौडेललाइ फसाइन: फुजेलका सचेत नागरिक तथा परिवार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २८, २०७५
|
|
१८ पटक हेरिएको
Shares
गंगामायाले पारिवारिक रिसिईबीका कारण छविलाल पौडेललाइ फसाइन: फुजेलका सचेत नागरिक तथा परिवार

सारांश

  • काठमाडौं, २८ असार ।
  • गोरखा फुजेलका सेचत नागरिक तथा परिवारले कृष्णप्रसाद अधिकारी हत्याका आरोपित भनेर कारागारमा रहेका गोरखा फुजेलका छविलाल पौडेल निर्दोष रहेको भन्दै तत्काल उनको रिहाईको माग गरेका छन् ।
  • बिहीबार रिपोर्टर्स क्लब नेपालमा फुजेल, गोरखाका सचेत नागरिक परिवारले पत्रकार सम्मेलन गरेर यस्तो माग गरेका हुन ।

काठमाडौं, २८ असार । गोरखा फुजेलका सेचत नागरिक तथा परिवारले कृष्णप्रसाद अधिकारी हत्याका आरोपित भनेर कारागारमा रहेका गोरखा फुजेलका छविलाल पौडेल निर्दोष रहेको भन्दै तत्काल उनको रिहाईको माग गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा फुजेल, गोरखाका सचेत नागरिक परिवारले पत्रकार सम्मेलन गरेर यस्तो माग गरेका हुन । पर्शुराम पौडेलले प्रेस  विज्ञप्ती वाचन गर्दै कारागारामा रहेका छविलाल पौडेललाई तत्काल रिहाई गर्न माग गरे ।

उनले भने,‘छविलाल पौडेल निर्दोष हुनुहुन्छ, उहाँ हाम्रो गाउँको विकासवादी नेता हो, उहाँ घरमा बस्नुभएको हुन्थ्यो, उहाँलाई फरार भनेर समाचार लेखिन्थ्यो, तर त्यस्ता समाचारले उहाँलाई पीडामा पाथ्र्यो, सर्वोच्च अदालतको आदेशलाई शिरोधार गर्दै गंगामायाले कानूनसम्मत रुपमा न्याय पाउन भनेर र आफू निर्दोष छु भनेर अदालतसामु जानु भएको हो ।’

त्यस्तै कार्यक्रममा महाप्रसाद पौडेलले छविलाल पौडेल निर्दोष रहेको भन्दै नन्द प्रसाद अधिकारी र गंगामायाले पारिवारिक रिसिईबीका कारण आफन्तहरुलाई फसाउन खोजेको आरोप लगाए । उनले भने,‘कृष्णप्रसाद अधिकारीे हत्याको जिम्मेवारी तात्कालिन माओवादीले लिईएको र आज आएर परिवारका सदस्यहरुलाई फसाउन खोज्नु अन्यायमा पार्नु हो, नन्दप्रसादकी बुहारीलाई अंश नदिएर चर्को आर्थिक अभावमा पारेको देखेर गाउँलेहरुले अशं दिलाउन पहल गरेको कुरालाई रिसिईबीका रुपमा लिएर गाउँलेहरु पनि छोराको हत्यारा हुन भनेर किटानी दिएको कुरा स्पष्ट छ।’

त्यस्तै गोरखा फुजेलका ठाकुर देवकोटाले जनयुद्धका सञ्चालक प्रचण्ड, बादल, पासाङलाई यस घट्नाको जिम्मा लिन आग्रह गरेका छन् । उनले भने,‘जनयुद्धका कमाण्डरहरु आज मालिक बनेर मोज गरिरहेका छन्, अनावश्यक आरोप खेपेर हाम्रा आफन्तहरुले जेल बस्नुपर्ने ? यदि जेल जानुपर्ने हो भने प्रचण्डले जानुपर्यो, होईन भने निर्दोष मानिसहलाई फसाउने काम भएको छ, त्यो द्धन्द्धकालको घट्ना हो, छविलाललाई बिना सर्त रिहाईको माग गर्दछु ।’

जारी प्रेस विज्ञप्तीमा भनिएको छ,‘मृतक कृष्ण अधिकारीका दाजु नुरप्रसाद अधिकारीले गाउँलेहरुको सार्वजनिक जीवनमाथि प्रश्न चिन्ह लगाउने काम गरिहरका छन्, उनले भाईको न्यायको लागि काम कम तर कमाउ धन्दा बढि गरिहरको छन्, आफ्ना छोरा र श्रीमतीलाई घर निकाला गरेर अलपत्रमा पारेका छन्, उक्त घट्ना एकतर्फी प्रचार गरिएकोमा हाम्रो गम्भिर आपत्ति रहेको छ ।’

उक्त घट्नालाई एकतर्फी रुपमा मात्रै प्रचार गरी आफूहरुको सार्वजनिक जीवन र चरित्र हत्या गर्ने प्रयास भएको भन्दै त्यस्तो प्रयासको अन्त्य होस् भन्ने आफूहरुले चाहेको परिवारको भनाई छ ।
७८ वर्षीया छविलाल पौडेलको हालै आँखाको शल्यक्रिया गरिएको र उनी उच्च रक्तचाप र पिसावसम्बन्धी समस्याबाट ग्रसित रहेको परिवारले जनाएको छ ।

जारी विज्ञप्तीमा भनिएको छ,‘छविलाल पौडेल वनारसमा उत्तरमाध्यमा सिध्याएर २०२५ सालमा फुजेल फर्केर श्री भैरव आश्रम उच्च मावि जुन उहाँको बुवा मायानाथले स्थापना गर्नुभएको थियो, त्यहाँ ५ वर्षसम्म निःशुल्क अध्यायापन गर्नुभएको हो, त्यसपछि ३६ वर्षसम्म निरन्तर पढाउनुभयो, र २०५८ मा अवकार लिई त्यही स्कुलमा व्यवस्थापन समितिको अध्यक्ष भई ३ कार्यकाल काम गर्नुभयो, त्यसको साथै उहाँले २०२५ सालदेखि २०७० सालसम्म विकासका काममा निरन्तर लाग्नुभयो।’     

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Ramesh Wagle

    जस्ले जे जे भन्याे त्यही दिने हा भने यस्ता नन्दमाया र गाेबिन्द केसी लाखाै निसकनेछन्। कही ाभाकाे जात्रा नेपालमा।

    Comment Author

    Ashok Rayamajhi

    la sab nirdos dosiko ta bhanam na ta thaha hola ni nirdos bhane paxi dosiko thaha hola

    Comment Author

    Pawan Khanal

    Good job

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?