देशभरका प्रहरीको एकै थरी पोसाक

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २२, २०७६
|
|
१७ पटक हेरिएको
Shares
देशभरका प्रहरीको एकै थरी पोसाक

सारांश

  • काठमाडौं, माघ २२ ।
  • सभामुख नहुँदा प्रमाणीकरण नभएको नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वयसम्बन्धी विधेयक अन्ततः पारित भएको छ ।
  • प्रहरीको अधिकार र समन्वयको व्यवस्था गरिएको उक्त विधेयक प्रमाणीकरण प्रक्रियामा रहेको र सभामुख अग्निप्रसाद सापकोटाले विधेयक प्रमाणित गरेर पठाइसकेकाले प्रहरीले सम्पादन गर्ने कार्य सञ्चालनको बाटो खुलेको छ ।

काठमाडौं, माघ २२ । सभामुख नहुँदा प्रमाणीकरण नभएको नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वयसम्बन्धी विधेयक अन्ततः पारित भएको छ ।

प्रहरीको अधिकार र समन्वयको व्यवस्था गरिएको उक्त विधेयक प्रमाणीकरण प्रक्रियामा रहेको र सभामुख अग्निप्रसाद सापकोटाले विधेयक प्रमाणित गरेर पठाइसकेकाले प्रहरीले सम्पादन गर्ने कार्य सञ्चालनको बाटो खुलेको छ । संसद्को तेस्रो अधिवेशनबाटै उक्त विधेयक पारित भएपनि प्रमाणित हुन सकेको थिएन् ।

पारित विधेयकअनुसार प्रदेश प्रहरीको नेतृत्व सङ्घीय प्रहरीकै डीआईजीबाट हुने छ भने प्रादेशिक क्षेत्राधिकारभित्र अपराध अनुसन्धानका सीमित अधिकार दिइएको छ । सबै प्रदेशमा प्रहरीको पोसाक एकै थरीको हुने भएको छ ।

देशभरका प्रहरीको पोसाक एकै बनाउन यस्तो पोसाक केन्द्र सरकारले नै निर्धारण गर्ने छ । दज्र्यानी र पोसाकमा एकरूपता हुने छ भने प्रदेश प्रहरीले लगाउने पोसाकमा प्रदेश सरकारले निर्धारण गरेबमोजिम नेपालको राष्ट्रियता र प्रदेशको पहिचान झल्किने कुनै चिह्न भने राखिने छ ।

प्रदेश प्रहरीको परिचालन र सुपरीवेक्षणको मुख्य दायित्व प्रदेश सरकारसँग नै रहने छ । जिल्लाभित्रको शान्तिसुरक्षा कायम गर्न प्रमुख जिल्ला अधिकारीले सम्बन्धित जिल्लाको प्रदेश प्रहरी परिचालन गर्न सक्ने व्यवस्था रहेको छ भने प्रहरी परिचालनको हकमा भने प्रमुख जिल्ला अधिकारीले प्रदेश मन्त्रालयको निर्देशनमा रही काम गर्नुपर्ने व्यवस्थामामा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केसीको निधनमा कांग्रेसले भोलि केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने
केसीको निधनमा कांग्रेसले भोलि केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने
कहिले आउला त मेलम्ची !
कहिले आउला त मेलम्ची !
अार्इसियु मा रहेका देवकाेटालार्इ बावुराम भट्टरार्इले भेटेर के भने ?
न्याय र सुशासनका लागि निवेदन लेखिदिने बिचौलिया तगारो !
न्याय र सुशासनका लागि निवेदन लेखिदिने बिचौलिया तगारो !
जेठ ७ गतेको राशीफल थाहा पाउनुस, कुन राशीले आज के गर्दा उत्तम ?
कहिले बन्ला नयाँ सरकार
कहिले बन्ला नयाँ सरकार
विमतिका कुरा छोडौँ, विवाद विल्कुलै आउँदैन
विमतिका कुरा छोडौँ, विवाद विल्कुलै आउँदैन
विश्वको अर्थतन्त्र ध्वस्त हुने गरी तेलको मूल्य बढ्ने साउदी राजकुमारको चेतावनी
विश्वको अर्थतन्त्र ध्वस्त हुने गरी तेलको मूल्य बढ्ने साउदी राजकुमारको चेतावनी
२३ औं बर्षमा प्रवेश गरेको अवसरमा माछापुछ्रे बैकले ल्यायो ग्राहकलाई छुट र उपहारको बहार
२३ औं बर्षमा प्रवेश गरेको अवसरमा माछापुछ्रे बैकले ल्यायो ग्राहकलाई छुट र उपहारको बहार
प्रतिनिधिसभाको बैठक माघ ६ गतेसम्मका लागि स्थगित
प्रतिनिधिसभाको बैठक माघ ६ गतेसम्मका लागि स्थगित

तपाईंले छुटाउनुभयो कि?