म्याग्दीमा थपिए चार हजार मतदाता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १४, २०७४
|
|
२६ पटक हेरिएको
Shares
म्याग्दीमा  थपिए चार हजार मतदाता

सारांश

  • म्याग्दी, कात्तिक १४ – आउँदो मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा म्याग्दीमा ७५ हजारभन्दा बढी मतदाताले भोट हाल्ने भएका छन् ।
  • आउँदो चुनावका लागि म्याग्दीमा कुल ७५ हजार ५ सय ३८ जना मतदात कायम भएका छन् ।
  • त्यसमा ३९ हजार ४ सय ३५ महिला, ३६ हजार १ सय २ जना पुरुष र एकजना तेस्रोलिङ्गी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।

म्याग्दी, कात्तिक १४ – आउँदो मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा म्याग्दीमा ७५ हजारभन्दा बढी मतदाताले भोट हाल्ने भएका छन् । आउँदो चुनावका लागि म्याग्दीमा कुल ७५ हजार ५ सय ३८ जना मतदात कायम भएका छन् ।

त्यसमा ३९ हजार ४ सय ३५ महिला, ३६ हजार १ सय २ जना पुरुष र एकजना तेस्रोलिङ्गी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । एक नगरपालिकासहित पाँचवटा गाउँपालिका रहेको म्याग्दीको बेनी नगरपालिकामा कुल मतदाता १९ हजार ६०५ रहेका छन् । तीमध्ये १० हजार ४६८ महिला र नौहजार १३७ जना पुरुष मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताउनुभयो ।

यसैगरी ११ हजार १५ मतदाता रहेको अन्नपूर्ण गाउँपालिकामा पाँच हजार ६५७ महिला, ५ हजार ३५७ पुरुष र एकजना तेस्रोलिङ्गी रहेको उहाँले जानकारी दिनुभएको छ । त्यस्तै रघुगंगा गाउँपालिकामा १२ हजार ३७३ मतदातामध्ये ६ हजार ५३१ महिला र पाँचहजार ८४२ पुरुष रहेको उहाँले बताउनुभयो ।

जिल्ला निर्वाचन अधिकारी पौडेलका अनुसार पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिकामा ९ हजार ६४३ मतदाता रहेकोमा चारहजार ९६९ महिला र चारहजार ६७४ जना पुरुष रहेका छन् । मंगलामा ११ हजार ५८८ मतदातामध्ये महिला ६ हजार ८६ र पुरुष पाँच हजार ५०२ जना रहेको उहाँले बताउनुभएको छ । ११ हजार ३१४ जना मतदाता रहेको मालिका गाउँपालिकामा महिला पाँच हजार ७२४ र पुरुष पाँच हजार ५९० रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

गएको वैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको चुनावमा म्याग्दीमा कुल ७१ हजार ४६३ जना मतदाताट रहेकोमा पछिल्लो चरणमा सञ्चालित मतदाता नामावलीमा चारहजार ७५ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयको भनाई छ । यसपाली पछिल्लोपटक थपिएका चार हजार मतदाता नै चुनावको निर्णायक शक्ति बन्न सक्ने अनुमान गरिएको छ । २०६८ सालको जनगणना अनुसार म्याग्दी जिल्लाको कुल जनसङ्ख्या एकलाख १३ हजार ६४१ रहेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि चालु वर्षको गएको साउन महिनाको १ गतेदेखि भदौ ३ गतेसम्म फोटोसहितको मतदाता नामावली सङ्कलन अभियान सञ्चालन भएको थियो ।

जिल्ला निर्वाचन कार्यालयसहित स्थानीय तहअन्तर्गत विभिन्न गाउँपालिकाको केन्द्रमै पुगेर सञ्चालित कार्यक्रममार्फत नागरिकले आफ्नो फोटोसहितको मतदाता नामावलीमा नामदर्ता गराएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?