१३ हजार रुपैयाँमा बेचिएकी नेपाली महिलाको उद्दार

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १२, २०७६
|
|
४७ पटक हेरिएको
Shares
१३ हजार रुपैयाँमा बेचिएकी नेपाली महिलाको उद्दार

सारांश

  • भैरहवा, साउन १२ गते ।
  • भारतमा बेचिएकी एक महिलाको उद्दार गरिएको छ ।
  • १३ हजार रुपैयाँमा बेचिएकी ती महिलाको उद्दार गरी भैरहवा ल्याइएको हो ।

भैरहवा, साउन १२ गते । भारतमा बेचिएकी एक महिलाको उद्दार गरिएको छ । १३ हजार रुपैयाँमा बेचिएकी ती महिलाको उद्दार गरी भैरहवा ल्याइएको हो ।

मानव बेचबिखन विरुद्ध कार्यरत संस्था थ्री एन्जल्स नेपालले दिल्लीको गुण गाउँबाट ती महिलालाई उद्दार गरेको हो । नवलपरासीको विनय त्रिवेणी गाउँपालिका वडा नं. १ मा बस्ने २४ वर्षकि परिवर्तित नाम कमला थापालाई उद्दार गरिएको हो । वैदेशिक रोजगारको क्रममा भारत हुँदै ओमन लैजाने क्रममा आफूलाई नेपाली १३ हजार रुपियाँमा होटेलमा बेचेको ती महिलाको भनाई उद्धृत गर्दै थ्री एन्जल्स नेपालका प्रदेश पाँचका प्रमुख विपिन गौतमले जानकारी दिनुभयो ।

दुई महिना अघि ओमान लैजाने बहानामा कमला थापा भारतको दिल्लीमा बेचिनुभएको हो । सानै उमेरमा विवाह गर्नुभएकी कमलाले श्रीमानको निधन भएपछि दुइओटा छोरालाई पालनपोषणका लागि जेठ ९ गते आफ्नो निवासबाट वैदेशिक रोजगारको लागि ओमान जाने भनी भारतको बाटो हँुदै जानुभएको थियो ।

उहाँकी दिदीले बहिनी बेचबिखनमा परेकोले उद्दार गर्नका लागि थ्री एन्जल्स नेपाल शाखा कार्यालय भैरहवामा निवेदन दिएपछि संस्थाको उद्दार टोली आफन्त सहित उद्दार गर्नको लागि दिल्लीको गुणगाउँस्थित पाँच नम्बर सेक्टरमा पुगेर पीडित महिलाको उद्दार गरी नेपाल ल्याएको हो । अहिले ती महिला थ्री एन्जल्स नेपालको सुरक्षित आवास गृहमा बस्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?