फिदिम बोलेरो दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ११, २०८०
|
|
२८ पटक हेरिएको
Shares
फिदिम बोलेरो दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो

सारांश

  • पाँचथर ।
  • मङ्गलबार पाँचथरको फिदिममा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
  • दुर्घटनामा गम्भीर घाइते भई झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ५ पापुङकी २६ वर्षीया इसेटिमा शेर्पाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

पाँचथर । मङ्गलबार पाँचथरको फिदिममा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भई झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ५ पापुङकी २६ वर्षीया इसेटिमा शेर्पाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाका अनुसार गम्भीर घाइते शेर्पाको सो अस्पतालमा भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी शेर्पालाई जिल्ला अस्पताल पाँचथरमा प्रारम्भिक उपचारपछि विर्तामोड लगिएको थियो । दुर्घटनामा गम्भीर घाइते ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका ४५ वर्षीय जीतेन्द्रमणि विक्रम वनेमको मंगलबार जिल्ला अस्पताल पाँचथरमा र पाँचथरको फिदिम नगरपालिका–१० की ४० वर्षीया सविना विकको झापा लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो ।

झापाको विर्तामोडबाट पाँचथरको फिदिम आउँदै गरेको मे १ ज १९४१ नं को बोलेरो जीप मङ्गलबार दिउँसो १२ : १५ बजे फिदिम नगरपालिका–२ कृष्णमन्दिर छेउमा दुर्घटना भएको थियो । चालकले घुम्ती मोड्न नसक्दा सडकबाट करिब दुई सय मिटर तल झरी बोलेरो दुर्घटना भएको थियो ।

दुर्घटनामा बोलेरोमा सवार चालकसहित १३ यात्रु घाइते भएका थिए, तीमध्ये तीन जनाको मृत्यु भएको हो । बाँकी चार जनाको झापाका विभिन्न अस्पतालमा र अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घाइतेमध्ये एक जना पाँच वर्षीया बालिका पनि समेत छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रेष्ठलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
श्रेष्ठलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
आज कक्षा ११ को नतिजा ग्रेडिङमा सार्वजनिक हुँदै
आज कक्षा ११ को नतिजा ग्रेडिङमा सार्वजनिक हुँदै
जेठ १३ गतेको राशीफलले के भन्छ, थाहा पाउनुस्
विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
आफैले बोकेको राइफल पड्किँदा सिपाहीको मृत्यु
आफैले बोकेको राइफल पड्किँदा सिपाहीको मृत्यु
मुस्ताङमा ज्यान गुमाउने रोल्पा र दाङका धेरै, घाइते र मृतकको नाम, ठेगाना सहित
मुस्ताङमा ज्यान गुमाउने रोल्पा र दाङका धेरै, घाइते र मृतकको नाम, ठेगाना सहित
गणतन्त्रको दृढतापूर्वक पक्षपोषण गर्नुपर्दछ: अध्यक्ष ओली
गणतन्त्रको दृढतापूर्वक पक्षपोषण गर्नुपर्दछ: अध्यक्ष ओली
उत्तर कोरियाली नेता किमका लागि मर्सिडिज लग्दा दुनियाँ चकित
उत्तर कोरियाली नेता किमका लागि मर्सिडिज लग्दा दुनियाँ चकित
पत्रकार विजय रानाको सहयोगार्थ कोरियाबाट आयो १ लाख १८ हजार
पत्रकार विजय रानाको सहयोगार्थ कोरियाबाट आयो १ लाख १८ हजार
सरकार र सहकारी पिडितबीच सात बुँदे सहमति
सरकार र सहकारी पिडितबीच सात बुँदे सहमति

तपाईंले छुटाउनुभयो कि?