गगन थापाले भने, गृहमन्त्रीको सोच र क्षमतामै बादल लाग्यो

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ३०, २०७५
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ३० भदौ ।
  • नेपाली कांग्रेसका सांसद गगन थापाले गृहमन्त्री रामबहादुर थापा “बादल”को सोच र क्षमतामै बादल लागेको आरोप लगाएका छन् ।
  • शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले यस्तो आरोप लगाएका हुन् ।

काठमाडौं, ३० भदौ । नेपाली कांग्रेसका सांसद गगन थापाले गृहमन्त्री रामबहादुर थापा “बादल”को सोच र क्षमतामै बादल लागेको आरोप लगाएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले यस्तो आरोप लगाएका हुन् ।

शून्य समयमा बोल्दै थापाले प्रश्न गरे, “सोच र क्षमता दुबैमा बादल लागेको गृहमन्त्री बादल हामीलाई चाहिन्छ र ?” त्यसअघि थापाले लामो पृष्ठभूमि कोट्याउँदै सम्बोधनको अन्तिममा गृहमन्त्री बादल आवश्यक नभएको बताए । उनले गृहमन्त्री बादलले शुक्रबार सदनमा जवाफ दिएपछि मात्र उनको सोच र क्षमतामै खोट लागेको बताए ।

गृहमन्त्री बादलले युद्ध वा शान्ति दुबैको नियमसँग नमिल्ने गरी गलत बाटो हिँडेको आरोप पनि लगाए । निर्मला पन्तमाथि जघन्य अपराध गर्ने पापीलाई जोगाउन लागिपरेको आरोपसमेत थापाले बादलमाथि लगाउन भ्याए ।

“ठूलो माछा पक्राउ गर्न सक्नु भएन, हामी बोलेनौँ । कामचोर व्यवसायीलाई कानुन नबनाई पक्राउ गरेर आफै छोड्नुभयो । हामी बोलेनौँ । डा. भोजराजलाई ट्रमा सेन्टरबाट उठाउनुभयो । हामी बोलेनौँ । लेनिन विष्टलाई विमानस्थलमा रोक्नुभयो, पत्रकार शम्भु श्रेष्ठ र राजु बस्नेतलाई प्रहरी लगाउनुभयो । हामी बोलेनौं”, थापाले भने, “हामीलाई लाग्यो गृहमन्त्री बादल मान्छे त ठिकै हो । क्षमतामा केही बादल लागेको मात्र हो । तर हिजो हामी जब बोल्यौं, मन्त्रीजी पनि बोल्नुभयो । अनि थाहा पायौँ कि युद्ध वा शान्ति दुबैको नियमसँग नमिल्ने गरी आफ्नो हिरासतबाट मनोहर यादव मारिदा, अनि निर्मला पन्तमाथि जघन्य अपराध गर्ने पापीलाई आफ्नै संयन्त्रहरु जोगाउन लागिरहँदा ग्लानीबोध नभएको गृहमन्त्रीको क्षमतामा मात्र होइन रहेछ बादल लागेको, बादल त गृहमन्त्रीजीको सोचमै लागेको रहेछ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?