चुरोट तान्दै देखा परिन् प्रियंका चोपडा, नराम्रोसँग ट्रोलको सिकार बनिन्

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ६, २०७६
|
|
२१ पटक हेरिएको
Shares
चुरोट तान्दै देखा परिन् प्रियंका चोपडा, नराम्रोसँग ट्रोलको सिकार बनिन्

सारांश

  • अभिनेत्री प्रियंका चोपडाले केही दिन अघि मात्रै आफ्नो ३७ औँ जन्मदिन मनाइन् ।
  • उनले जन्मदिनको खुशी सामाजिक सञ्जालमा सेयर गरिन् ।
  • तर सामाजिक सञ्जालमा सेयर गरेको त्यही खुशी उनका लागि टाउको दुखाई बनिरहेको छ ।

अभिनेत्री प्रियंका चोपडाले केही दिन अघि मात्रै आफ्नो ३७ औँ जन्मदिन मनाइन् । उनले जन्मदिनको खुशी सामाजिक सञ्जालमा सेयर गरिन् । तर सामाजिक सञ्जालमा सेयर गरेको त्यही खुशी उनका लागि टाउको दुखाई बनिरहेको छ । उनी अहिले नराम्रासँग ट्रोलको सिकार बनिरहेकी छिन् । चोपडा यसरी ट्रोलको सिकार बन्नुको कारण चाँही उनले चुरोट तानिरहेको फोटो हो ।यो फोटो सार्वजनिक भएपछि उनका फ्यानहरु नराम्रोसँग रिसाएका छन् । फ्यानमात्रै होइन, फोटो हेर्ने जत्ति अरुले पनि रिस पोखेका छन् । फोटोमा उनको ममी मधु चोपडा र श्रीमान निक जोन्स पनि सँगै छन् । फोटो हेरेर अनुमान लाउन सकिन्छ, त्यो फोटो जन्मदिन मनाएकै समयको हो । यो फोटोको कारण प्रियंकाको नाम ट्वीटरमा अहिले ट्रेण्डिङमा परिरहेको छ ।

यही फोटोको प्रसंगमा अहिले प्रियंकाको अर्को भिडियोको पनि मानिसहरुले याद गरिरहेका छन् । गएको दीपावलीमा प्रियंकाले एउटा भिडियो अपलोड गर्दै भनेकी थिइन् ‘अरुको ध्यान राख्दै पटका नपड्काउनु होला, मलाई दमको समस्या छ ।’ अहिले त्यही भिडियो याद गर्दै मानिसहरुले किशिम–किशिमका प्रतिक्रिया दिएका छन् ।

एकजना ट्वीटर युजर्सले कटाक्ष गर्दै लेखेका छन् ‘प्रियंका यति व्यवसायिक छिन् की चुरोट तान्दै आफ्नो दम लिन कोशिस गर्दैछिन्, उनलाई अर्को दीपावलीमा स्मोक फ्रि दिपावलीको विज्ञापन गर्न पाइयोस् ।’ दीपावलीमा पोष्ट गरेको भिडियोमा उनले धुम्रपान खराब भनेकी प्रियंकाले चुरोट तान्दै गरेको फोटो हालेपछि धेरैले स्मोक गर्नु नगर्नु उनको इच्छा हो तर सामाजिक सञ्जालमै राख्नु चाँही पाखण्डीपन हो भनेका छन् । प्रियंकाले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् ।

एक्स ब्वाइफ्रेण्डको बारेमा कटरिना कैफको आयो यस्तो भनाई
कटरिना कैफको चर्चा सुन्दर मुहारका कारण मात्र हुँदैन । उनी एक सक्षम अभिनेत्री पनि हुन् । गएको जुलाई १६ मा उनले आफ्नो जन्म दिन पनि मनाइन् । कैफ अहिले मेक्सिकोमा छुट्टी मनाइरहेकी छिन् । यो एक वर्षमा उनको जीवनमा धेरै परिवर्तन आइसकेको छ । यो कुरा उनले हालै बम्बे टाइम्सलाई दिएको अन्तरवार्तामा भनेकी हुन् ।

आफ्नो काम गर्ने, सोच्ने र जिन्दगी जिउने तरिकामा यो एक वर्षमा निकै परिवर्तन भएको उनले अन्तरवार्तामा भनेनी छिन् । अन्तरवार्ताकै क्रममा उनले आफ्नो एक्स ब्वाईफ्रेण्डको बारेमा पनि बताएकी छिन् । कैफ भन्छिन् ‘एक्स ब्वाइफ्रेण्ड अगाडि पर्दा मलाई न असहज हुन्छ, न त नराम्रो सोच नै आउँछ ।’ कैफ थप्छिन् ‘कुनै कुरालाई नराम्रो बनाएर के फाइदा रु’

आफ्नो व्यक्तिगतको जीवनको बारेमा सबैको आ–आफ्नै विचार हुन्छ भन्दै उनले अन्तरवार्तामा भनेकी छिन् ‘मसँग २ वेटा अप्सन छ, उदास अनुहार बनाउनुको साटो हाँस्न र सबैसँग कुरा गर्न मन पराउँछु ।’ सलमान खानको तारिफ गर्दै उनले भनेकी छिन् ‘सलमानसँग मेरो राम्रो सम्बन्ध छ र उनी असाध्यै राम्रा मान्छे हुन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओमन मा यसरी नचाए प्रकाश कटुवाल ले  ओमन का नेपाली लाई (भिडियो सहित )  प्रकाश योगी
ओमन मा यसरी नचाए प्रकाश कटुवाल ले ओमन का नेपाली लाई (भिडियो सहित ) प्रकाश योगी
नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
चैत ३० गते निर्वाचन गर्ने चार सङ्गठनबीच सहमति
चैत ३० गते निर्वाचन गर्ने चार सङ्गठनबीच सहमति
मानव अधिकारकर्मीद्वारा थुनुवालाई न्यानो कम्बल वितरण
मानव अधिकारकर्मीद्वारा थुनुवालाई न्यानो कम्बल वितरण
सार्वजनिक शौचालय निर्माणका लागि स्थान पहिचान
सार्वजनिक शौचालय निर्माणका लागि स्थान पहिचान
Priyanka Chopra attends Nick Jonas’s cousin’s wedding with him!
Priyanka Chopra attends Nick Jonas’s cousin’s wedding with him!
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री सुशमा स्वराजबीच भेटवार्ता, नयाँ हवाई रुटबारे छलफल
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री सुशमा स्वराजबीच भेटवार्ता, नयाँ हवाई रुटबारे छलफल
१४ किलो सुन प्रकरण : भन्सारका कर्मचारीमाथि अख्तियारले थप छानबिन गर्दै
१४ किलो सुन प्रकरण : भन्सारका कर्मचारीमाथि अख्तियारले थप छानबिन गर्दै
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
म्याद गुर्जिएका सामान बिक्री गर्ने ‘डिपार्टमेन्टल स्टोर्स’लाई रु एक लाख जरिवाना
म्याद गुर्जिएका सामान बिक्री गर्ने ‘डिपार्टमेन्टल स्टोर्स’लाई रु एक लाख जरिवाना

तपाईंले छुटाउनुभयो कि?