ललितपुरस्थित यूएन हाउस र मन्त्री निवास आसपास निषेधित क्षेत्र घोषणा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ५, २०८०
|
|
४९ पटक हेरिएको
Shares
ललितपुरस्थित यूएन हाउस र मन्त्री निवास आसपास निषेधित क्षेत्र घोषणा

सारांश

  • काठमाडौं ।
  • ललितपुर जिल्ला प्रशासन कार्यालयले यूएन हाउस र मन्त्री निवास आसपासमा प्रदर्शन, घेराउ, सभा र भेलालगायतका गतिविधि गर्न रोक लगाएको छ।
  •   मंगलबार प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले आदेश जारी गर्दै सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै  ललितपुरको वडा नम्बर ३को केही भागमा विरोधका कार्यक्रम गर्न निषेध गरिएको जनाएका छन्।

काठमाडौं । ललितपुर जिल्ला प्रशासन कार्यालयले यूएन हाउस र मन्त्री निवास आसपासमा प्रदर्शन, घेराउ, सभा र भेलालगायतका गतिविधि गर्न रोक लगाएको छ। 

मंगलबार प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले आदेश जारी गर्दै सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै  ललितपुरको वडा नम्बर ३को केही भागमा विरोधका कार्यक्रम गर्न निषेध गरिएको जनाएका छन्। 

प्रजिअ पण्डितद्वारा हस्ताक्षरित आदेशमा भनिएको छ, ‘ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. ३ पुल्चोक स्थित यु.एन. हाउस र मन्त्रि निवास पुल्चोकको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखी पूर्व तर्फ इनारमोड जाने मूलवाटो, पश्चिम राष्ट्रिय किताबखाना ( निजामती), उत्तर तर्फ आन्तरिक राजस्व कार्यालय तथा यु.एन. हाउस र दक्षिण तर्फ राष्ट्रिय मानव अधिकार आयोग एवम् राष्ट्रिय सहकारी विकास बोर्डको चार किल्लाभित्र भित्र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३.क) बमोजिम मिति २०८० साल मंसिर ०५ गतेदेखि आगामी ६ महिना सम्मका लागि पाँच जनाभन्दा बढि व्यक्ति भेला जम्मा भइ नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री दाहालले भने : सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुनेछ
प्रधानमन्त्री दाहालले भने : सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुनेछ
पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान्वयन गर्छु : अर्थमन्त्री पौडेल
पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान्वयन गर्छु : अर्थमन्त्री पौडेल
ऋषि धमलाले जिसस क्राईष्टको कुरा उठाउँदा एकनाथले यसरी गरे आक्रमण (भिडियोसहित)
ऋषि धमलाले जिसस क्राईष्टको कुरा उठाउँदा एकनाथले यसरी गरे आक्रमण (भिडियोसहित)
निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता
निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता
राउटेलाई मदिरा वितरण गरे दुइहजार जरिवाना
राउटेलाई मदिरा वितरण गरे दुइहजार जरिवाना
मुख्यमन्त्रीहरुको भेला सम्पन्न, केन्द्र सरकारलाई दिए यस्तो चेतावनी!
मुख्यमन्त्रीहरुको भेला सम्पन्न, केन्द्र सरकारलाई दिए यस्तो चेतावनी!
जिन्दगीको मिठो मोडमा
जिन्दगीको मिठो मोडमा
बजेट बनाउँदा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो : डा भट्टराई
बजेट बनाउँदा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो : डा भट्टराई
ई–चुरोटले मस्तिष्कका तन्तुलाई नष्ट गर्छ
ई–चुरोटले मस्तिष्कका तन्तुलाई नष्ट गर्छ
सकियो १३ औं साग, कसलाई कति पदक ?
सकियो १३ औं साग, कसलाई कति पदक ?