टरिगाउँस्थित विमानस्थलमा आजदेखि सीता एयरले उडान भर्दै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १३, २०७९
|
|
३७ पटक हेरिएको
Shares
टरिगाउँस्थित विमानस्थलमा आजदेखि सीता एयरले उडान भर्दै

सारांश

  • काठमाडौं।
  • दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमान कम्पनी सीता एयरले उडान भर्ने भएको छ ।
  • त्यसका लागि सीता एयरले आज परीक्षण उडान गर्दैछ ।

काठमाडौं। दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमान कम्पनी सीता एयरले उडान भर्ने भएको छ ।

त्यसका लागि सीता एयरले आज परीक्षण उडान गर्दैछ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार दिउँसो १ः०० बजे सीता एयरको विमानले परीक्षण उडान भर्ने तय भएको छ ।

“निजी विमान कम्पनीले उडान सुरु गरेपछि भाडा सस्तो हुने हाम्रो अपेक्षा छ”, उहाँले भन्नुभयो । लामो समयको प्रयासमा निजी विमान कम्पनी उडान भर्न तयार भएको हो । धावनमार्ग विस्तार गरी ठुला जहाजले उडान भर्न मिल्ने बनाउन लागिएको चौधरीको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिकाले चौधरीको नेतृत्वमा समिति बनाएर विमानस्थल विस्तारका लागि काम अघि बढाएको छ । हाल नेपाल वायु सेवा निगमले विमानले हप्तामा चार दिन तुलसीपुरमा उडान भर्दै आएको छ ।

आइबार, मङ्गलवार, बिहीबार र शनिवार उडान हुने गरेको छ । टरिगाउँमा इन्धन डिपो पनि सञ्चालनमा आएको छ । हाल दाङबाट काठमाडौँको न्यूनतम भाडा रु आठ हजार आठ सय १० तथा काठमाडौँबाट दाङको भाडा न्यूनतम रु नौ हजार र अधिकतम रु १२ हजार रहेको छ ।

हाल कायम रहेको सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग विस्तार गर्ने योजना छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा प्रहरी
गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा प्रहरी
नेपाल र दक्षिण कोरियाबीच कामदार लैजाने सम्झौता नविकरण
नेपाल र दक्षिण कोरियाबीच कामदार लैजाने सम्झौता नविकरण
स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
मोदीको नागरिक अभिनन्दन अस्वाभाविक र अनावश्यक: कमल थापा
राष्ट्रियसभामा ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरिने
राष्ट्रियसभामा ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरिने
सरकारको विरोध गरेको भन्दै ओली रुष्ट बनेपछि दोहोरो दबावमा उपेन्द्र यादव,
सरकारको विरोध गरेको भन्दै ओली रुष्ट बनेपछि दोहोरो दबावमा उपेन्द्र यादव,
पेशाबाट सिंगो समुदाय नै विस्थापित
पेशाबाट सिंगो समुदाय नै विस्थापित
मुक्तिनाथ विकास बैंकले ल्यायो १ करोड १ लाख सम्मको बीमा सुविधा दिने खाता योजना
मुक्तिनाथ विकास बैंकले ल्यायो १ करोड १ लाख सम्मको बीमा सुविधा दिने खाता योजना
दुर्गा प्रसाईले प्रेस विज्ञप्ति निकाल्दै मागे माफि
दुर्गा प्रसाईले प्रेस विज्ञप्ति निकाल्दै मागे माफि
आकर्षक तलब र ग्रीनकार्डको लोभमा पर्दा…
आकर्षक तलब र ग्रीनकार्डको लोभमा पर्दा…