कुखुरापालनबाट मनग्य आम्दानी

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २६, २०७४
|
|
२१ पटक हेरिएको
Shares
कुखुरापालनबाट मनग्य आम्दानी

सारांश

  • जिल्लाबाट वर्षेनी युवा रोजगारीका लागि विदेसिने क्रम बढ्दो छ ।
  • परदेशमा मनग्य कमाइ हुन्छ भन्ने सोच सबैमा देखिन्छ ।
  • विदेशमा नेपालमा भन्दा दुःखकष्ट बढी भोग्नुपर्छ ।

जिल्लाबाट वर्षेनी युवा रोजगारीका लागि विदेसिने क्रम बढ्दो छ । परदेशमा मनग्य कमाइ हुन्छ भन्ने सोच सबैमा देखिन्छ ।

विदेशमा नेपालमा भन्दा दुःखकष्ट बढी भोग्नुपर्छ । तर विदेशको जस्तो दुःखकष्ट आफ्नै देशमा भोगेपछि नेपालमै कमाउन सकिन्छ भनेर फर्किने पनि भेटिन्छन् । स्वदेश फर्किएपछि उनीहरुले घरैमा बसेर लाखौँ रुपैयाँ आम्दानी गरेका छन् ।

तिनै युवामध्ये एक हुनुहुन्छ छथर गाउँपालिका–५, ओख्रका ३१ वर्षीय लिलम बुढाथोकी । मनग्य कमाउने सोचले अलिअलि भएको पैसा पनि म्यानपावरलाई बुझाएर कहिले कतार त कहिले मलेसिया पुगेका बुढाथोकीले छवर्ष विदेशमा बिताउनुभयो । पछि स्वदेशमै केही गर्ने सोचले फर्किनुभयो । अहिले उहाँले व्यावसायिक कुखुरापालनलाई आम्दानीको स्रोत बनाउनुभएको छ ।

चार वर्षदेखि कुखुरा फार्म खोलेर व्यावसायिक बन्नुभएका बुढाथोकीले सात सयभन्दा बढी कुखुरा पाल्नुभएको छ । शुरुवातमा रु ५० हजारमा कुखुरापालन व्यवसाय शुरु गर्नुभएका उहाँले मासिक रु ३५ हजार बचत गर्नुहुन्छ । व्यवसायमा लगानी पनि बढ्दो छ ।

विसं २०५८ मा १० कक्षा उत्तीर्ण गरेपछि उहाँ प्राविधिक सीपकोे खोजीमा मोरङ झर्नुभयो । उर्लाबारीमा ६ महिना बिजुली सम्बन्धि तालिम लिनुभयो ।

“परिवारबाट टाढा रहेर जति नै पैसा कमाए पनि मनमा शान्ति मिल्दैन,” उहाँले भन्नुभयो । गाउँ÷गाउँमा फ्रेस हाउस खुलेपछि उहाँलाई बजारको कुनै समस्या छैन । ओख्रे बजारमा बुढाथोकीको आफ्नै फ्रेस हाउस समेत छ ।
अहिले फार्ममा रु पाँच लाखभन्दा बढी लगानी छ । त्यही व्यवसायबाट भएको आम्दानी बैंकमा रु तीन लाख बचत गर्नुभएको छ । व्यवसायबाटै उहाँ ऋणमुक्त हुनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लालबाबु पण्डित बिराटनगरको मेयरको उम्मेदवार बन्न तयार
लालबाबु पण्डित बिराटनगरको मेयरको उम्मेदवार बन्न तयार
साथीको भर पर्दा…
साथीको भर पर्दा…
रोनाल्डो र मेसीका कारण एक जोडीको १६ वर्ष लामो सम्बन्ध टुंगियो
रोनाल्डो र मेसीका कारण एक जोडीको १६ वर्ष लामो सम्बन्ध टुंगियो
सांसदहरुको प्रश्न :युरोपियन मुलुकमा हटाउन थालिएको पारमाणविक भट्टी नेपालमा किन चाहियो ?
सांसदहरुको प्रश्न :युरोपियन मुलुकमा हटाउन थालिएको पारमाणविक भट्टी नेपालमा किन चाहियो ?
‘हवाई टिकटमा भ्याट लगाउने नीतिले पर्यटन व्यवसायी मारमा’
‘हवाई टिकटमा भ्याट लगाउने नीतिले पर्यटन व्यवसायी मारमा’
सुन्धारामा ट्यांकरको ठक्करबाट युवतीको मृत्यु, एकजना घाइते
सुन्धारामा ट्यांकरको ठक्करबाट युवतीको मृत्यु, एकजना घाइते
समृद्धिको सपना पूरा गर्न सत्तापक्ष र प्रतिपक्ष मिल्नुपर्छ : सिंह
समृद्धिको सपना पूरा गर्न सत्तापक्ष र प्रतिपक्ष मिल्नुपर्छ : सिंह
सरकारले नै ‘अयोग्य’ बनाएका झा फेरि अध्यक्षमा नियुक्त
सरकारले नै ‘अयोग्य’ बनाएका झा फेरि अध्यक्षमा नियुक्त
नेकपाको एकता एक वर्षमा पनि टुंगिएन, कहिले जुर्ला साइत !
नेकपाको एकता एक वर्षमा पनि टुंगिएन, कहिले जुर्ला साइत !
बिनाविभागीय मन्त्री शर्मा र पुनमाथि बम आक्रमण गर्नेलाई कारबाहीको माग
बिनाविभागीय मन्त्री शर्मा र पुनमाथि बम आक्रमण गर्नेलाई कारबाहीको माग

तपाईंले छुटाउनुभयो कि?