नेविसङ्घले प्रधानमन्त्रीलाई भेटर भन्यो–भ्रष्टाचारविरुद्ध कदममा साथ छ

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १५, २०८०
|
|
२७ पटक हेरिएको
Shares
नेविसङ्घले प्रधानमन्त्रीलाई भेटर भन्यो–भ्रष्टाचारविरुद्ध कदममा साथ छ

सारांश

  • काठमाडौँ ।
  • नेपाली कांग्रेस निटकको विद्यार्र्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ ।
  • प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा नेविसङ्घले प्रधानमन्त्री प्रचण्डले सुशासन र भ्रष्टाचारविरुद्ध चालेको कदमको प्रशंसा गर्दै सरकारको भ्रष्टाचार विरोधी अभियानमा साथ रहेको बताएको छ ।

काठमाडौँ । नेपाली कांग्रेस निटकको विद्यार्र्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा नेविसङ्घले प्रधानमन्त्री प्रचण्डले सुशासन र भ्रष्टाचारविरुद्ध चालेको कदमको प्रशंसा गर्दै सरकारको भ्रष्टाचार विरोधी अभियानमा साथ रहेको बताएको छ । साथै नेविसङ्घले प्रधानमन्त्रीसँग विभिन्न माग राखेको छ ।

सङ्गठनको तर्फबाट आफ्ना माग प्रस्तुत गर्दै नेविसङ्घ अध्यक्ष दुजाङ शेर्पाले त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्ति, नास्टको उपकुलपति नियुक्तिका साथै शैक्षिक सुधारका निम्ति राज्यले नीति अवलम्बन गर्नुपर्ने भन्दै विभिन्न माग राखे ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले त्रिवि सेवा आयोगको अध्यक्ष छिट्टै नियुक्त हुने बताए । साथै शैक्षिक क्षेत्रको सुधार र विश्वविद्यालयलाई अविष्कार तथा अनुसन्धानको केन्द्रका रुपमा विकास गर्ने कुरा नीति तथा कार्यक्रममा समावेश गरिएको र आवश्यक बजेट व्यवस्था गर्ने कोशिस भइराखेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?