किन लुकाए तक्मे बुढाले विहे ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २३, २०७६
|
|
५१ पटक हेरिएको
Shares
किन लुकाए तक्मे बुढाले विहे ?

सारांश

  • हाँस्य सिरियल ‘मेरी बास्सै’मा ‘तक्मे बुढा’को भूमिका निर्वाह गर्ने विल्सन विक्रम राई वैवाहिक जीवनमा बाधिएका छन् ।
  • उनले झापाकी सरिना लामासँग गतबर्षको फाल्गुनको अन्त्यमा मागी बिबाह गरेका हुन् ।
  •  त्यो समयमा विल्सनको बिहेको तस्वीर फाट्टफुट्ट सार्वजनिक भएता पनि प्रायले सुटिङको फोटो सम्झेका थिए ।

हाँस्य सिरियल ‘मेरी बास्सै’मा ‘तक्मे बुढा’को भूमिका निर्वाह गर्ने विल्सन विक्रम राई वैवाहिक जीवनमा बाधिएका छन् । उनले झापाकी सरिना लामासँग गतबर्षको फाल्गुनको अन्त्यमा मागी बिबाह गरेका हुन् । त्यो समयमा विल्सनको बिहेको तस्वीर फाट्टफुट्ट सार्वजनिक भएता पनि प्रायले सुटिङको फोटो सम्झेका थिए ।

दुलहीको पक्षले विभिन्न कारण तस्वीर सार्वजनिक गर्न नचाहेको कारण लुकाएको जस्तो भएको विल्सनले जनाएका छन् । सरिना विल्सनको स्कुलदेखिकी प्रेमिका हुन् । फाल्गुनमा इन्गेजमेन्ट गरेर बिहे भने भव्य गर्ने योजनामा रहेका विल्सनले सरिनाको ‘लामा परम्परा’ अनुसार तत्काल बिहे गर्नुपर्ने भएकाले सानो बिहे गरेको जनाएका छन् ।

सरिना ‘भुटानी शरणार्थी’ सम्बन्धी युएनको प्रोजेक्ट बन्द भएपछि विल्सनको घर सम्हालेर बसेकी छिन् । विल्सन र सरिना हनिमुनका लागि अष्ट्रेलिया पुगेका थिए । सरिनाको मिडियासँग लजाउने बानीको कारण उनी मिडियामा आएकी छैनन् । बिहेपछि जीन्दगी बदलिएको विल्सनले जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?