वायु सेवा निगम डुबाएको भन्दै कर्मचारीद्वारा मदन खरेलको राजिनामा माग

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ६, २०७६
|
|
३० पटक हेरिएको
Shares
वायु सेवा निगम डुबाएको भन्दै कर्मचारीद्वारा मदन खरेलको राजिनामा माग

सारांश

  • नेपाल वायु सेवा निगमको नेतृत्व असक्षम भएको भन्दै कर्मचारीले विरोध थालेका छन् ।
  • उनीहरुले कुनै हालतमा कार्यकारी अध्यक्ष मदन खरेललाई हटाउनुपर्ने भन्दै दबाब सृजना गर्न थालेका छन् ।
  • आफ्नो मनोमानी गर्दा उनले जापान उडानमा नेपाल वायुसेवा निगमलाई डुबाइदिएका छन् ।

नेपाल वायु सेवा निगमको नेतृत्व असक्षम भएको भन्दै कर्मचारीले विरोध थालेका छन् । उनीहरुले कुनै हालतमा कार्यकारी अध्यक्ष मदन खरेललाई हटाउनुपर्ने भन्दै दबाब सृजना गर्न थालेका छन् ।आफ्नो मनोमानी गर्दा उनले जापान उडानमा नेपाल वायुसेवा निगमलाई डुबाइदिएका छन् । अहिले काठमडौं ओशाका उडान रित्तै जस्तै आउने जाने गर्दैछ ।

उडान घटाउँदै लग्दा पनि घाटा बढेको बढ्यै छ । कमिसनको मोहमा जापान प्रतिनिधि तोक्दा ओसाका उडानमा यात्रु पाउन नसकिएको निगमका एक अधिकारीले बताएका छन् । कर्मचारीसम्वद्ध संघ संगठन मदन खरेललाई नहटाए निगम डुब्ने बताउन थालेका छन् । छिमेकी भारतमा वायुसेवा निगम टाट पल्टेको उदाहरण छ ।

यस्तै अवस्था निगमको हुन लागेको छ । निगमलाई विदेशी कम्पनिको हातमा सुम्पने योजना पूरा गर्न खरेलले घाटामा पुर्याउने प्रपञ्च रच्दै आएका छन् । यही योजनामा उनलाई अगाडि सारेर निगमको कार्यकारी अध्यक्षमा ल्याइएको थियो । जापान उडानमा जानी जानी घाटाको अवस्था बनाउने उनैको योजना रहेको छ ।

यसमा उनी सफल बन्दै जाँदा देशको ध्वजावाहक नेपाल वायु सेवा निगम अरबौंको ऋणमा डुबेको छ । ऋण तिर्न नसकेर अप्ठ्यारो अवस्थामा पुगेको छ । निगमले उडान स्थगित गर्दै आएको छ । बेला बेलामा आठ जना देखि २० जना यात्रु मात्र रहने गरेको छ । निगमले यात्रु नियमित हुने अवस्थामा उडान स्थगित नहुने दाबी गरेको छ ।

दशैं अगाडि बुकिङको प्रारम्भिक तथ्यांक हेर्दा ट्रेण्ड एकतर्फी छ । दशैंपछि काठमाडौंबाट जापान जाने यात्रु बढ्ने अपेक्षा निमगले लिएको छ । निगमले झण्डै १२ वर्षपछि गत यही भदौ १२ गतेदेखि जापान उडान थालेको हो । पहिलो उडान गर्दा निकै तामझाम गरिएको थियो । जापानका लागि निगमले मंगलबार, बिहीबार र शनिबारको उडान राखेको छ ।

काठमाडौंबाट जापान जाने यात्रु नै पाउन मुश्किल त छैन । तर, निगम नेतृत्वको असक्षमताका कारण उडानमा समस्या आएको हो । अगस्ट २९ यता काठमाडौं–ओसाका–काठमाडौं १५ उडान भए । औसत यात्रु संख्या भने सिट क्षमताको १९ प्रतिशत मात्र छ । २७६ सिट क्षमताको वाइडबडी अगष्ट ३१ मा त काठमाडौँबाट १८ जना बोकेर उड्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?