पुराना विद्यार्थीलाई जम्मा गरेको कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष प्रचण्ड
सारांश
- मेयर रेणु दाहालसहित एक दर्जनलाई सम्मान चितवन, ८ फागुन ।
- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनका बिभिन्न व्यक्तित्वहरुलाई सम्मानपत्र प्रदान गरेका छन् ।
- भरतपुर महानगरपालिका– २२ पदमपोखरीस्थित अमर माध्यमिक विद्यालयको वार्षिकोत्सवका अवसरमा प्रमुख अतिथिको हैसियतले अध्यक्ष दाहालले पूर्वविद्यार्थी तथा भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेणु दाहाल लगायतलाई सम्मानपत्र प्रदान गरेका हुन् ।
मेयर रेणु दाहालसहित एक दर्जनलाई सम्मान
चितवन, ८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनका बिभिन्न व्यक्तित्वहरुलाई सम्मानपत्र प्रदान गरेका छन् । भरतपुर महानगरपालिका– २२ पदमपोखरीस्थित अमर माध्यमिक विद्यालयको वार्षिकोत्सवका अवसरमा प्रमुख अतिथिको हैसियतले अध्यक्ष दाहालले पूर्वविद्यार्थी तथा भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेणु दाहाल लगायतलाई सम्मानपत्र प्रदान गरेका हुन् ।
विद्यालयको ६३ औं वार्षिकोत्सव समारोहको अवसरमा विभिन्न क्षेत्रमा प्रगति गरेका पूर्वविद्यार्थीलाई सम्मानित गर्ने क्रममा मेयर दाहाल सम्मानित भएकी हुन् । चितवनको प्रदेश ३ (ख)का प्रदेशसभा सदस्य रामलाल महतो, जिल्ला समन्वय समिति चितवनकी सदस्य सीता पुन, भरतपुर महानगरपालिका वडा नम्बर– १० का अध्यक्ष अरुण भण्डारी, वडा नम्बर २२ का अध्यक्ष विष्णु महतो, सदस्यहरू सोमबहादुर गुरुङ, देउमाया विक र प्रेमबहादुर थापा, वडा नम्बर १४ का अध्यक्ष प्रकाश गुरुङ तथा गायक अमर विरही गुरुङ र सागर आलेलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रचण्डले विद्यालयसँग आफ्नो राजनीतिक मात्र नभई पारिवारिक र विशिष्ट सम्बन्ध रहेको बताए । अध्यक्ष प्रचण्डले भने, “चुनाव प्रचारका बेला एमाले र माओवादी एकता गरिछाड्ने भनेर गरेको संकल्प र प्रतिवद्धता पूरा गरिएको छ । यसले पहिलो खुड्किलो पार भएको छ । अब पार्टी र सरकार दुबैले विकास र समृद्धिको लागि काम गर्छ ।”
विद्यालयको शैक्षिक र भौतिक सुधारका लागि सहयोगको प्रतिवद्धता पनि अध्यक्ष प्रचण्डले व्यक्त गरे । चितवनबाट निर्वाचित सांसद भएकाले तटबन्ध, रिङरोड र तारजालीको व्यवस्थापन गर्ने जिम्मेवारी पनि आफ्नै काँधमा रहेको बताए ।
प्रतिक्रिया